फरार प्रतिवादी पक्राउ

बिराटनगर, श्रावण ०४ । बैकिङ कसुर तथा कर्तव्य ज्यान मुद्धामा कैद तथा जरिवाना फैसला भई फरार रहँदै आएका २ जना फरार प्रतिवादीलाई पक्राउ गरि सम्बन्धीत अदालतमा उपस्थित गराईएको छ ।

बैकिङ कसुर मुद्धामा सम्मानित जिल्ला अदालत सुनसरीको २०७७/१०/२६ गतेको फैसलाले ३ दिन कैद र १ लाख ५२ हजार जरिवाना फैसला भएका रामधुनी नगरपालिका-८ का ३३ बर्षीय दिवस कुमार चौधरीलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको सादा पोशाकमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

यसैगरी कर्तव्य ज्यान मुद्धामा सम्मानीत जिल्ला अदालत चितवनको २०७७/१०/१२ गतेको फैसलाले १६ बर्ष ८ महिना कैद र ५ लाख जरिवाना तोकिएका फरार प्रतिवादी बुढानिलककण्ठ-४ काठमाण्डौका १९ बर्षीय पासीकोट गुरुङलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले आईतवार सुनसरीको तरहराबाट पक्राउ गरेको हो ।

पक्राउ परेका दुबै जनालाई तोकिएको कैद तथा जरिवाना भुक्तानको लागी सम्बन्धीत जिल्ला अदालतमा बुझाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।