प्रति’बन्धित औ’षधी सहित १ जना पक्राउ
सुनसरी, श्रावण ६ ।सुनसरी धरान उपमहानगरपालिका ८ तीनकुने स्थितबाट प्रतिब’न्धित औ षधी सहित १ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा धरान १६ का १९ बर्षीय कुमार तामाङ रहेका छन् ।
हिजो राती ८ बजे अस्थाई प्रहरी पोष्ट तिनकुने धरानबाट खटिएको प्रहरी टोलीले तामाङलाई प्र तिबन्धीत औ षधी Spaspain – १५०० ट्यव्लेट र Tramol-50 -१५०० ट्याव्लेट सहित पक्राउ गरेको हो । पक्राउ परेका तामाङ उपर ईलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भईरहेको छ ।
थप खोप लिन आज राति निगमको जहाज चीन जाँदै
कोरोना भाइरसविरुद्धको भेरोसेल खोप लिन नेपाल वायु सेवा निगमको जहाज आज राति चीन जाँदैछ।
चीनसँग खरिद गरिएको खोप लिन बुधबार राति ११ बजे जहाज चीन पठाउने तयारी गरिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.कृष्णप्रसाद पौडेलले जानकारी दिए।
आज राति चीन प्रस्थान गर्ने जहाज खोप लिएर भोली (बिहीबार) दिउँसो २ बजे नेपाल आइपुग्ने कार्यतालिका छन्। त्यसैगरी भोली राति ११ बजे फेरि सोही जहाज बाँकी खोप लिन चीन जाने पौडेलले जानकारी दिए।
चीनबाट अनुदानसहित ४८ लाख डोज खोप नेपाल आउने निश्चित भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। ४८ लाख डोजमध्ये केही दिनभित्रै २५ लाख डोज खोप नेपाल ल्याइसक्ने तयारी छ।
पछिल्लो समय चीनले थप १८ लाख डोज खोप अनुदानमा दिएको छ। गएको असार २५ गते आठ लाख मात्रा खोप नेपाल ल्याइएको थियो।


