किसानलाई अलैंची टिप्न भ्याइनभ्याई

लमजुङ, ३ असोज । लमजुङका किसान अलैंची टिप्न व्यस्त छन् । अलैंची पाकेपछि किसानहरू टिप्न, छोडाउन र सुकाउन व्यस्त बनेका हुन् । अलैंची टिप्ने सिजन भएकोले सहर झरेकाहरु पनि गाउँ फर्किएका छन् ।

विशेषगरी कोरोनाका कारण पनि सहर बस्नेहरू गाउँ फर्किएर कृषि कर्ममा व्यस्त भएको मर्स्याङ्दी गाउँपालिका- ६ बाहुनडाँडाका अलैंची कृषक लोकनाथ घिमिरेले बताए ।

जिल्लाका अलैंची किसानहरूले भदौ पहिलो हप्तादेखि अलैंची टिप्न सुरु गरेका हुन् । अलैंची पाक्न नपाउँदै चरा मुसाले खाने भएकाले टिपाइमा ढिला गर्न नहुने मर्स्याङ्दीका अलैंची किसान डम्बरसिंह अधिकारीको भनाई छ । जिल्लामा लगाइएको डम्बरशाही, जिर्मले र साउने जातको अलैंची टिप्न सुरु गरिएको नेपाल अलैंची व्यावसायी महासंघ गण्डकी प्रदेशका अध्यक्ष अजय तामाङले बताए ।

तामाङका अनुसार अलैंची तीन चरणमा टिप्ने गरिन्छ । सात सयदेखि १२ सय मिटरकाे उचाइमा लगाइएको अलैची भदौको पहिलो साता टिपिन्छ । यस उचाइमा साउने, जिर्मले र डम्बरशाही रोपिन्छ । १२ सय देखि १६ सय मिटर उचाइमा गोलशाही जातको अलैंची रोपिन्छ जुन असोजको पहिलो साताबाट टिपिन्छ । त्यस्तै १६ सय देखि २२ सय मिटर उचाइमा रामशाही र भलाङ्गे जातको अलैंची कार्तिकको पहिलो हप्ताबाट टिप्न सुरु गरिन्छ ।

लमजुङका अलैंची कृषकले गत वर्ष अलैंची दाना विक्रीबाट १८ करोड २० लाख आम्दानी गरेका थिए । जिल्लामा उत्पादित तीन हजार ५ सय क्वीन्टल अलैंची दाना विक्रीबाट कृषकहरूले उक्त रकम आम्दानी गरेका हुन् । एक हजार पाँच सय हेक्टर क्षेक्रफल जमिनमा अलैँची खेती विस्तार गरिए पनि एक हजार दुई सय हेक्टर क्षेक्रफलमा अलैंची उत्पादन हुदैँ आएको छ ।

जिल्लाको भुलभुले, लुदी, छिनखोलासहित बाँझाखेत, घाम्राङ, घनपोखरा, खुदी, गौंडा, इलमपोखरी, दुधपोखरी, बन्सार, ढोडेनी, फलेनी, लगायतका पाखाहरूमा व्यवसायिक अलैची खेती हुँदै आएको छ । अलैंची ब्यवसायबाट राम्रो आम्दानी गर्न सकिने भएकाले सहरमा पसेकासमेत आफ्नै गाउँ फर्किएर अलैंची खेती सुरु गर्न थालेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।