तीनवटा विवाह गर्ने वडाध्यक्षले संविधान दिवसमा पाए माफी

सुर्खेत, ३ असोज । संविधान दिवसको अवसरमा सल्यान जिल्लाका तीनवटा विवाह गर्ने वडाध्यक्षले माफी पाएका छन् । तीनवटा विवाह गर्ने बनगाड कुपिण्डे नगरपालिका–९ का वडाध्यक्ष इन्द्रबहादुर कुमाई र उनकी कान्छी श्रीमतीले माफी पाएका हुन् ।

बहुविवाह गरेको आरोपमा वडाध्यक्ष इन्द्रबहादुर कुमाईलाई २० मंसिर २०७७ मा दाङमा पक्राउ गरेर जिल्ला कारागार सल्यानमा कैद भुक्तान गरिरहेका थिए । वडाध्यक्षले अर्काको श्रीमती भगाएर तेस्रो विवाह गरेका थिए । वडाध्यक्ष कुमाईले तेस्रो विवाह गरेकी भनिएकी महिला ग्वामी विष्टलाई समेत माफी पाएकी छन् ।

बहुविवाह गरेको वडा अध्यक्षका दम्पतीसहित सात जनालाई माफी दिइएको छ । संविधान दिवसको अवसरमा असल चालचलन भएका सातजनालाई कैद सजाय मिनाहा भएको जनाइएको छ ।

संविधानको धारा २७६ अनुसार विभिन्न कारणले कैद भुक्तान गरिरहेका कैदीहरूको चालचलनका आधारमा बाँकी कैद माफी दिने व्यवस्था रहेको छ । कैद मिनाहा हुनेमा ६ पुरुष र एक महिला रहेको जिल्ला कारागार सल्यानले जनाएको छ ।

माफी पाउनेमा बहुविवाहका पाँच, कर्तव्य ज्यानका एक र हा तह तियार मु द्दाका एक रहेका जेलर बलबहादुर केसीले बताए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।