आर्केस्ट्रा देखाउँदा झ’डप, एकजनाको मृ’त्यु, दुई घा’इते
विशाल बस्नेत/महाेत्तरी, ३ असाेज । आर्केस्ट्रामा नृत्य प्रस्तुत गर्ने क्रममा स्थानीयबीच झ डप हुँदा महोत्तरीको सोनामा गाउँपालिकामा एकजनाको ज्यान गएको छ ।
ज्यान गुमाउनेमा वडा नम्बर २ का रामप्रसाद यादव रहेको पालिकाका अध्यक्ष रामकुमार यादवले जानकारी दिए ।
अध्यक्ष यादवका अनुसार आर्केस्ट्रा नृत्य वडा नम्बर ७ स्थित मुसहर बस्तीमा भएको थियो । मुसहर समुदायका युवा र मृ तक रामप्रसाद पक्षमा राति नै झ गडा भएको र पुन: बिहान झ गडा हुँदा यादवको ज्यान गएको हो ।
झ डपमा मृ तक यादवका दुई छोरा ग म्भीर घा इते भएका छन् । उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको गाउँपालिकाले जनाएको छ ।
बर्षेनि विश्वकर्मा पूजाको अवसरमा आर्केस्ट्रा नृत्यकै कारण दु र्घटना निम्तिरहेको गुनासो बढ्दै आएको छ । जिल्ला प्रशासन कार्यालय महोत्तरीले समेत आर्केस्ट्रा नृत्य रोक्ने भन्दै सजगता अपनाएको थियो ।
नृत्यकै लागि भारतबाट आएका तीन दर्जन कलाकारलाई प्रहरीले बाटैबाट फर्काएको थियो । स्थानीयले भने प्रशासनको निर्देशनलाई अवज्ञा गर्दै उक्त अ श्लील नृत्यलाई जारी नै राखेको जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको छ ।
घटनाको संलग्न भएको आसङकामा स्थानीय दुईजना युवालाई प्रहरिले नियन्त्रणमा लिएको छ । दुवैजनालाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक दिनेश आचार्यले जानकारी दिए ।-न्युज कारखाना


