धरानको फ्रेन्ड्स गार्डेन ‘मिस लुमियर नेपाल’टिमलाई सम्मान गर्दै पुनः संचालनमा

इटहरी/ कोरोना महामारीका कारण होटल ब्यवसायले पनि ठूलो क्षती बेहोर्नु पर्यो । महिनौसम्म बन्द भएपछी कतिपय होटलहरु सदाका लागि बन्द भएभने अन्य होटलहरु यतिबेला एकपछि अर्को गर्दै पुनः संचालनमा आउन थालेका छन् । यस्तैमा धरानमा रहेर सेवा प्रदान गर्दै आएको फ्रेन्ड्स गार्डेन होटल पनि पुन: सन्चालनमा आएको छ । पहिलो चरणको लकडाउनले थलापरेको होटल खुलेपनी फेरि दोश्रो चरणको कोरोनाका कारण बिगत ४/५ महिनादेखी पुर्ण रुपमा बन्द थियो । होटल संचालकले सनिवार एक कार्यक्रम गरि फ्रेन्ड्स गार्डेनलाई पुन: संचालनमा ल्याएका हुन ।

धरानमा भैरहेको ‘मिस लुमियर नेपाल २०२१’ का टिमलाई स्वागत तथा सम्मानको कार्यक्रम आयोजना गर्दै होटललाई पुनः सन्चालनमा ल्याइएको हो । कार्यक्रममा सन्चारकर्मी, इभेन्ट अर्गनाइजर, ताईवान बुद्धिस्ट एसोसिएसन नेपालका प्रतिनिधि तथा समाजसेवी समेत रहेका दिपेन्द्र राज शाक्यको पनि विशेष सहभागीता रहेको थियो । त्यस्तै कार्यक्रममा मिस लुमियर नेपाल २०२१ को आयोजक संस्था ‘एमसी ग्ल्यामर इन्टरटेन्मेन्ट’कि अध्यक्ष सरला श्रेष्ठ र कोरियोग्राफर सिम्रन श्रेष्ठ संगै प्याजेन्टका प्रतिष्पर्धीहरुको पनि उपस्थिति रहेको थियो । कार्यक्रमको भिडियो ।

कार्यक्रममा बोल्दै शाक्यले फ्रेन्ड्स गार्डेनमा आफ्नो पुरानो सम्बन्ध र नबिर्सने सम्झना रहेको भन्दै पुनः सन्चालनमा आएकोमा सुभकामना दिएका छन् । त्यस्तै उनले मिस लुमियर नेपाल २०२१ टिमलाई पनि सफलताको सुभकामना दिएका थिए । पारिवारिक वातावरणमा स्वच्छ र ताजा खाना, खाजा लगायतका पेय पदार्थका आईटमका स्वादहरु लिन सकिने फ्रेन्डस गार्डेन होटलका संचालक शारदा लिम्बुले बताइन् । होटलमा साङितिक कार्यक्रमहरु पनि हुने बताइएको छ । विभिन्न ब्याण्ड तथा गायकहरुको लाईभ प्रस्तुतिले आगन्तुक ग्राहकहरुलाई मनोरञ्जन प्रदान समेत गरिने संचालक लिम्बुले बताइन् । फ्रेन्ड्स गार्डेन धरानको पुतलिलाईनमा बिगत ४ बर्षदेखि निरन्तर संचालनमा रहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।