निङ्गलाशैनी भगवती मन्दिरको जात्रामा राजनीतिक व्यंग्य

बैतडी, ४ असोज । बैतडीको निङ्गलाशैनी भगवती मन्दिरको जात्रा सोमबार पनि जारी छ । यस जात्रामा बैतडी जिल्लासहित दार्चुला, बझाङ, डडेल्धुरालगायत भारतीय दर्शनार्थीसमेत आउने गर्दछन् । सोमबार पूर्णिमाको अवसरमा लाग्ने जात्रामा डेउडा खेल खेल्ने चलन छ ।

सोमबार महिला र पुरुषको छुट्टाछुट्टै हातजोडी डेउडा खेल दिनभर लाग्ने गर्दछ । पछिल्लो समय डेउडा खेलमा राजनीतिक व्यंग हुने गरेको छ ।

निङ्गलाशैनी भगवती मन्दिरमा लाग्ने अन्य जात्राको समयमा बलि हुने भए पनि यो जात्रामा बलि नहुने निङ्गलाशैनी भगवती धार्मिक सेवा समितिका अध्यक्ष मानबहादुर बोहराले बताए ।

यो जात्रा भाद्र शुक्ल त्रयोदशीबाट सुरु भएर पूर्णिमाका दिन सकिन्छ । विगतमा अनन्त चर्तुदशीको रातभरी डेउडा खेल हुने गरेकोमा त्यो क्रम भने केही मात्रामा घटेको छ ।

यो जात्रामा तीन रात मन्दिरमा जाग्राम बस्ने भक्तजनहरूको समेत घुइँचो लाग्ने गर्दछ । निङ्गलाशैनी भगवतीको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रही आएको स्थानीय बहादुर बोहराले बताए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖