६० हजार रुपैयाँ दिएर श्रीमान्काे ह त्या, श्रीमती प’क्राउ
मुकेशकुमार यादव / सिरहा, ५ असोज । सिरहा गोलबाजर नगरपालिका ४ निपनियाँका ४० वर्षीय दुखरण महराको ह त्या घटनाको मुख्य योजनाकारको आरोपमा उनकी श्रीमती हरिहरदेवी महरा प क्राउ परेकी छन् ।
भारत विहारको मधुवनीको जयनगर बजार नजिकै दुखरणको श व फेला परेको थियो ।
उनको ह त्याको योजनाकारको रूपमा हरिहरदेवी प क्राउ परेकी हुन् । श्रीमान् दुखरणलाई उपचारको बाहनामा जयनगर पुर्याएर ह त्या गरेको खुलेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता सुवास बुढाथोकीले जानकारी दिए ।
उनकाअनुसार श्रीमानको ह त्याका लागि हरहरदेवीले यादवको समूहलाई ६० हजार रुपैयाँ दिएकी थिइन् ।
गत १९ भदौमा दुखरणको श व फेला परेको थियो । धा रिलो ह तियारको प्रयोग गरेर दुखरणको ह त्या भएको थियो । उनको श व घाँ टीसहित शरीरका विभिन्न भागमा चो ट पटक लागेको अवस्थामा फेला परेको थियो । -न्युज कारखाना


