उराँव समुदायमा दशैं नआउँदै जमरा

प्रकाश तिम्सिना/सुनसरी, ५ असोज । उराँव समुदायले परम्परागत पर्व करम पूजा सोमबार हर्सोल्लासका साथ मनाएका छन् । करम पूजाको पूर्वसन्ध्यामा उनीहरूले विविध साँस्कृतिक कार्यक्रम आयोजना गरेका थिए ।

कार्यक्रममा सुनसरीका उराँवहरूले शुभकामना साँटासाँट र आपसमा जमरा लगाएर करम पुजा गरेका छन् । पूजाका अवसरमा उराँव समुमदायका पुरुषहरू धोती, गम्छाको पगरी र परम्परागत पहिरन र महिलाले रातो र सेतो सारी, हातमा चाँदीको चुरा, घाँटीमा हसुली, तिलहरी, पाखुरामा गोफ (गहना) ले सजिएका थिए । यस्ता कार्यक्रमले उराँवहरूको सँस्कृतिको प्रर्वद्धन, भाषाको संरक्षण र मौलिकता प्रदर्शनमा योगदान पुग्ने नेपाल उराँव आदिवासी जनजाति प्रतिष्ठानका अध्यक्ष बेचन उराँवले बताए ।

विभिन्न धार्मिक तथा साँस्कृतिक कार्यक्रमका अवसरमा मनाइने करम पूजाले उराँव समुदायमा एकआपसमा भाइचारा बढाएको प्रतिष्ठानका सल्लाहकार नुनुलाल उराँवले बताए । सहभागीहरूले उराँवहरूको हक, अधिकार र पहिचानका लागि सबै क्षेत्रबाट सबै खालका सहयोग आवश्यक रहेको जोड दिएका थिए ।

उराँवहरुले करम राखेको दिनदेखि नै दैनिक अखडा (मंच) मा परम्परागत पहिरनसहित नाचगान गर्ने, प्रवचनलगायतका कार्यक्रम गरिएको थियो । उराँव समुदायका शिक्षक सम्पतलाल उराँवका अनुसार करम पूजाको पूर्व सन्ध्यामा परम्परागत कला कौशल, गीत नृत्य प्रस्तुत गरिएको थियो । यस्तै, बाजागाजा, पोसाक, मौलिक हातहतियार, कृषि औजार, जिविकोपार्जन गर्ने सामग्री (माछा मार्ने जाल, भाडो, खुर्पी, कोदालो, हलो) को प्रदर्शन गरिएको प्रतिष्ठानका सचिव रामलाल उराँवको भनाइ छ । यसैबीच करम पर्वको अवसरमा सुनसरीको सदरमुकाम समेत रहेको इनरुवा नगरपालिका सहित कोशी, भोक्राहा नरसिंह र हरिनगर गाउँपालिकाले सोमबार सार्वजनिक विदा दिएको थियो । -न्युज कारखाना

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।