कोरोनापछि कला क्षेत्रलाई पुनःजीवन दिन १५ दिने प्रदर्शनी

काठमाडौँ, ८ असोज । कोरोना म हामारीपछि कला क्षेत्रलाई पुनःजीवन दिन सुशील कोइराला मेमोरियल फाउण्डेशनको सहयोगमा प्यागोडा गु्रपले १५ दिने कला प्रदर्शनी सुरु गरेको छ ।

ललितपुर महानगरपालिका–१ बखुण्डोलस्थित कुण्डलिनीमा बिहीबारदेखि सुरु भएको प्रदर्शनीमा १४ कलाकारका १८ कलाकृति प्रदर्शनीमा राखिएका छन् । प्रदर्शनीको सुरुआत गर्दै फाउण्डेशनका सदस्यसचिव इञ्जीनियर अतुल कोइरालाले नेपालको कला, संस्कृति मासिँदै गएकाले माध्यमिक तहदेखि नै यस्ता विषयलाई प्राथमिकताका साथ पाठ्यक्रममा राखिनुपर्ने बताउनुभयो ।

साना विद्यार्थीलाई सानैदेखि चिकित्सक, इञ्जीनियरमात्र नभएर कला, संस्कतिका साथै अनुशासन सिकाउने शिक्षको आशा रहेको उहाँको भनाइ थियो । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका चित्रकला विभाग प्रमुख सुष्मा राजभण्डारीले बालबालिकालाई चित्रकलामा आकर्षित गर्न कक्षा १ देखि १० सम्मको पाठ्यक्रम निर्माण भइरहेको जानकारी दिनुभयो ।

एउटा घरमा एउटा चित्रकला राख्ने गरी प्रतिष्ठानले अभियान चलाउन लागेको उहाँको भनाइ थियो । नेपाली कला कमजोर नरहेको उल्लेख गर्दै राजभण्डारीले ठाउँमा लैजान भने नेपाल चुकेको बताउनुभयो । कलालाई ठाउँमै लैजाने गरी प्रतिष्ठानले काम गरिरहेको उहाँको भनाइ थियो ।

कुण्डलिनी आयुर्वेद केन्द्रका सञ्चालक प्रमोद पौडेलले केन्द्रमा आर्ट ग्यालरी स्थापना गरी पहिलोपटक १५ दिने कला प्रदर्शनी गरिएको जानकारी दिनुभयो । प्रदर्शनीमा गोपाल कलाप्रेमी, सुष्मा राजभण्डारी, राजु पिठाकोटे, सरोज बज्राचार्य, किशोर नकर्मी, विकास शाक्य, रोशन प्रधान, पासाङविक्रम लामा, अजय देसार, विपना महर्जन, माला श्रेष्ठ, प्रद्युम्न श्रेष्ठ, कान्छाकाजी भाषिमा र रुद्रबहादुर पुनका चित्रकला प्रदर्शनीमा राखिएका छन् ।(रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।