पहिराले अवरुद्ध सडक साढे तीन महिनापछि मर्मत थालियो

बलेवा, १३ असोज । पहिराका कारण साढे तीन महिनादेखि अवरुद्ध बागलुङ–कुश्मीशेरा सडक मर्मत थालिएको छ । बागलुङ नगरपालिका–१० भकुण्डेको दबल्याङमा पहिराले दुई ठाउँमा क्षति पुगेको सडक स्थानीय र नगरपालिकाको साझेदारीमा मर्मत थालिएको हो ।

गत असार १ गते खसेको पहिराका कारण अवरुद्ध भएको सडक असार १८ गते वर्षासँगै आएको पहिराले क्षतविक्षत भएको थियो । सडक मर्मतका लागि नगरपालिकाले विपद् व्यवस्थापन कोषबाट रु १६ लाख ६० हजार र त्यसको २० प्रतिशत हुन आउने रकम स्थानीय उपभोक्ताले व्यहोर्ने गरी सडक मर्मतको काम थालिएको उपभोक्ता समितिका अध्यक्ष यादव शर्माले बताउनुभयो ।

रु २० लाख ९३ हजार लागत स्टिमेट गरेर मर्मत थालिएको सडक दशैँअगावै सञ्चालनमा ल्याइने शर्माले जानकारी दिनुभयो । “तीन चरणका कामको स्टिमेट भएको छ, तारजाली लगाउने, पानी तर्काउने र ट्रयाक खोल्ने काम हुनेछन्”, नगरपालिकाका इञ्जीनियर मनोज शर्माले भन्नुभयोे, “पहिरो गहिरो गरी खसेकाले सडकको नमूना निकाल्नै कठिन छ ।” पहिरो खसेको क्षेत्रमा पानीको मुहान भएकाले पानीको व्यवस्थापन नगरी सडक सञ्चालन गर्न कठिन हुने स्थानीयवासी वीरबहादुर थापा बताउनुहुन्छ ।

“पहिल्यै पानीको निकास खोजेको भए अहिले यो समस्या आउने नै थिएन, सडक पक्की बनाउँदा लामो समय पानी जमिनमुनि जाने गरी छाडिदिए”, थापाले भन्नुभयोे, “एकातर्फ पहिराको त्रासमा हामीले बाँच्नुपरेको छ, अर्कोतर्फ केटाकेटी विद्यालय पठाउनसमेत बाटो छैन ।” पहिराका कारण सडक अवरुद्ध हुँदा बागलुङको दक्षिण क्षेत्रमा सहज सडक सम्पर्क छैन । वैकल्पिकरूपमा सञ्चालनमा आएको कालीगण्डकी करिडोरको मालढुङ्गा–बलेवा खण्डमा समेत सोही पहिरो र अन्य पहिराले बेलाबेलामा अवरुद्ध हुने गरेको छ ।

नगरपालिकाको बलेवा क्षेत्रका चार वडाका उपभोक्ताको सहभागितामा समिति गठन गरेर काम थालिएको हो । उपभोक्ता समितिले स्थानीय निर्माण कम्पनीसँगको सहकार्यमा सडक खुलाउने प्रयास थालेको हो । ‘‘मलाई गाउँ बसिनसक्नुभयो, अस्थायीरूपमा भए पनि सडक खुलाउन पहल थालेका छौँ”, बागलुङ–१२ का अध्यक्ष गुरुदत्त पाठकले भन्नुभयो, “यो बाटो दीर्घकालीन बनाउन हाम्रो बलबुताले भ्याउँदैन, तालुक निकायको ध्यान गएन ।” हिउँदयाममा मात्रै चल्ने गरी भए पनि सडक सञ्चालन गर्न मर्मत थालिएको पाठकले बताउनुभयो । दव्ल्याङबाट वडा नं १२ को टाकुरीसम्म १४ किलोमिटर कालोपत्र रहेको उक्त सडक एउटै पहिराले साढे तीन महिनादेखि प्रयोगविहीन थियो ।(रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।