ला’गूऔ’षध र प्र’तिबन्धित औ’षधी सहित लिम्बु र थापा पक्राउ

मोरङ, असोज १३ । मोरङको दुई छुट्टा छुट्टै स्थानबाट ला’गूऔ’षध र प्र’तिबन्धित औ’षधी सहित दुई जना पक्राउ गरिएको छ ।

हिजो बेलुका ५ बजे बिराटनगर महानगरपालिका १५ स्थित १ नम्बर ढाटबाट ला’गूऔ’षध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरी टोलीले सुन्दरहरैचा नगरपालिका ३ का २३ बर्षीय अल्फन लिम्बुलाई ला’गूऔ’षध लु’पिजेसिक ४ एम्पुल, डा’ईजाल्याब ७ एम्पुल, ए’भिल ९ एम्पुल र फे’नारगन ६ एम्पुल सहित पक्राउ गरिएको हो । पक्राउ परेका लिम्बुलाई ईलाका प्रहरी कार्यालय रानीले थप अनुसन्धान गरिरहेको छ ।

यसैगरी हिजै बेलुका साढे ५ बजे ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले सुनवर्षी नगरपालिका ८ विश्वकर्मा चौक स्थितमा दक्षिणबाट उत्तर तर्फ आउदै गरेको को १८ प ९५०२ नम्बरको स्कुटीलाई चेकजाँच गर्दा स्कुटी पछाडी सवार रतुवामाई नगरपालिका ९ ईटहरा का २१ बर्षीय गोविन्द थापाको साथबाट प्र’तिवन्धित औ’षधी ट्रा’माडोल ४०० गोटी बरामद भएको थियो । सो प्र’तिबन्धित औ’षधी बरामद भए पश्चात स्कुटी चालक उर्लाबारी नगरपालिका ७ का २१ बर्षीय अनिल राय समेतलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।