महाधिवेशनको दोस्रो दिन : गोदावरीमा के–के हुँदैछ ?

नेकपा एमालेको प्रथम विधान महाधिवेशन शनिवार पनि जारी छ । ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा शुक्रवार प्रस्तुत गरिएका विधान संशोधन प्रस्ताव, राजनीतिक प्रतिवेदन र सांगठनिक प्रतिवेदनमा शनिवार समूहगत छलफल हुनेछ ।

विभिन्न १० समूहमा समूहगत छलफल हुने एमालेका केन्द्रीय सदस्य तथा प्रचारप्रसार उपसमिति संयोजक खिमलाल भट्टराईले जानकारी दिए ।

उनका अनुसार शनिवार तीनै वटा प्रतिवेदनमाथि समूहगत छलफल भएपछि समूह नेताले प्रस्तुति गर्ने छन् । राजनीतिक प्रतिवेदन पार्टी अध्यक्ष केपी शर्मा ओली, सांगठनिक प्रतिवेदन महासचिव ईश्वर पोखरेल र विधान संशोधन प्रस्ताव उपमहासचिव विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेका थिए ।

३ वटै प्रतिवेदनमाथि समूहगत छलफलका लागि १ नम्बर प्रदेशको समूहको सहजीकरण सुवास नेम्वाङ र भीम आचार्यले गर्नेछन् । २ नम्बर प्रदेशको समूहको सहजीकरण सत्यनारायण मण्डल र रघुवीर महासेठ, बागमती प्रदेश समूहको सहजीकरण अष्टलक्ष्मी शाक्य र रामबहादुर थापा, गण्डकी प्रदेश समूहको सहजीकरण पृथ्वीसुब्बा गुरुङ र किरण गुरुङले तथा लुम्बिनी प्रदेश समूहको सहजीकरण विष्णु पौडेल र शंकर पोखरेलले गर्नेछन् ।

कर्णाली प्रदेश समूहको सहजीकरण युवराज ज्ञवाली र यामलाल कँडेल, सुदूरपश्चिम प्रदेश समूहको सहजीकरण भीम रावल र लेखराज भट्टले गर्नेछन् ।

उपत्यका विशेष कमिटी, सम्पर्क समन्वय कमिटी र प्रवास क्षेत्रबाट आएकाको समूहको सहजीकरण छविलाल विश्वकर्मा र राजन भट्टराई, जनसंगठनको समूहको सहजीकरण गोकर्ण विष्ट र टोपबहादुर रायमाझी, केन्द्रीय निकाय तथा केन्द्रीय विभाग समूहको सहजीकरण अमृत बोहरा र पुष्प कँडेलले गर्नेछन् ।

केन्द्रीय सदस्य भट्टराईका अनुसार अपराह्न २ बजेसम्म समूहगत छलफल सकिएपछि समूह नेताले शनिवारै प्रतिवेदनमाथि सुझाव पेश गर्नेछन् । ती सुझावका आधारमा आइतवार राजनीतिक प्रतिवेदनमा अध्यक्ष ओली, सांगठनिक प्रतिवेदनमा महासचिव पोखरेल र विधान संशोधन प्रस्तावमा उपमहासचिव पौडेलले जवाफ दिनेछन् ।

एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईका अनुसार महाधिवेशनलाई व्यवस्थित रूपमा सञ्चालन गर्न पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा अध्यक्ष मण्डल गठन गरिएको छ।

महाधिवेशनको प्रस्ताव मस्यौदा कमिटी, सुझाव अध्ययन कमिटी, बहस नोट कमिटी र प्रचार समन्वय कमिटी समेत गठन गरिएको छ ।महाधिवेशनमा ६ हजार ३४७ प्रतिनिधि सहभागी छन् । महाधिवेशन आइतवारसम्म सञ्चालन हुनेछ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।