कांग्रेस तारकेश्वरका सभापतिमा महर्जन, बूढानीलकण्ठमा बुढाथोकी

काठमाडौँ, १७ असोज ।नेपाली कांग्रेस तारकेश्वर नगरपालिकाको सभापतिमा कृष्णहरि महर्जन निर्वाचित हुनुभएको छ ।

सो पार्टीको १४औँ महाधिवेशन अन्तर्गत शनिबार सम्पन्न नगर अधिवेशनबाट उहाँले १३५ मत ल्याई विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी श्रीराम थापाले ११४ मत प्राप्त गर्नुभयो ।

यस्तै उपसभापतिद्वयमा नवराज अर्याल (१२५) र जमुना तिमिल्सिना (१२३), सचिवद्वयमा राजु फुँयाल (१२६) र शङ्कर तिमिल्सिना (११७),सहसचिवद्वयमा सरस्वती पौडेल (११७) र अप्सरा खड्का (११४)मत प्राप्त गरी विजय हुनुभएको छ ।

यसैगरी कांग्रेस बूढानीलकण्ठ नगरपालिकाको सभापतिमा राजाराम बुढाथोकी निर्वाचित हुनुभएको छ । उहाँले १५५ मत प्राप्त गर्नुभएको थियो भने उहाँका निकटम प्रतिद्वन्द्वी राजन बुढाथोकीले ६८ मत हासिल गर्नुभएको थियो ।

यस्तै उपसभापतिद्वयमा सानुकान्छा श्रेष्ठ (१८१) र शम्भु कार्की (१७०), सचिवद्वयमा विजेन्द्र श्रेष्ठ (२०६), विजेन्द्र पुडासैनी (१७१),सहसचिवद्वयमा कुमार खड्का (१४५) र निर्मला आचार्य (पौडेल) १२८ मतल्याई विजय हुनुभएको निर्वाचन समितिले जनाएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖