म’हामारीले पनि रोकेन विदेश जाने लहर

खोटाङ, १७ असोज । कोभिड म’हामारीका बीचमै पनि खोटाङबाट वैदेशिक रोजगारीमा जाने क्रम रोकिएन । महामारीका चरम भइरहेको बेला आर्थिक वर्ष २०७७/०७८ मा समेत खोटाङबाट एक हजार नौ सय २८ जना वैदेशिक रोजगारीमा गएको सुरक्षित आप्रवासन परियोजना (सामी)ले जनाएको छ ।

वैदेशिक रोजगार सरोकार समाज पुर्नगठन एवं वार्षिक योजना निर्माण कार्यक्रममा सुरक्षित आप्रवासन परियोजना (सामी)का कार्यक्रम संयोजक सन्तोष राईले महामारीकै बीचमा एक सय चार जना महिला विदेसिएको जानकारी दिए । देशभरबाट वैदेशिक रोजगारमा जाने सूचीको १९औं स्थानमा खोटाङ रहेको छ । खोटाङबाट करिब ६० हजार सर्वसाधारण वैदेशिक रोजगारका सिलसिलामा विभिन्न देशमा पुगेको संयोजक राईले बताए ।

महामारीका बीचमा जिल्लाबाट काठमाडौं वा काठमाडौंबाट जिल्ला आवत–जावत गर्ने अवस्था नहुँदा एजेन्ट सक्रिय भएको उल्लेख छ । एजेण्टले काम गरिदिने भन्दै कागजात लिएर रकम लिने गरेको राईले जानकारी दिए । चालु आर्थिक वर्षमा वैदेसिक रोजगारमा गएका आठ जनाको शव पनि ल्याएको कार्यक्रममा जानकारी दिइएको छ ।

वैदेसिक रोजगार सरोकार समाजको कार्ययोजना तय

वैदेशिक रोजगार सरोकार समाज खोटाङले वार्षिक कार्ययोजना तय गरेको छ । वैदेसिक रोजगारलाई प्रभावकारी र उपलब्धीमुलक बनाउन समाजले विभिन्न सचेतनामुलक अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । दसैं र तिहारको बिचमा सितला मावि खाल्लेमा शिक्षक–अभिभावक अभिमुखीकरण, २ मंसिरमा दिक्तेलमा शिक्षक–कर्मचारी र सामाजिक व्यक्तिसँग अन्तरक्रिया, ३ पुसमा दिक्तेलमा सडक साहित्य कार्यक्रमलगायत सचेतनामुलक अभियान सञ्चालन गरिने वैदेसिक रोजगार सरोकार समाजका अध्यक्ष रेखा राईले बताइन् ।

बैठकले वैदेशिक रोजगार सरोकार समाज पुर्नगठन पनि गरेको छ । समाजको सदस्य फेरबदल गर्दै अध्यक्षमा रेखा राईलाई नै निरन्तरता दिइएको हो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖