पूजाआजा गर्ने क्रममा आ’गलागी

जुम्ला, २१ असाेज । जुम्लाकाे तोतोपानी गाउँपालिका-५ स्थित एक घरमा आ’गला’गी हुँदा एक घरमा क्ष’ति भएको छ । माधवप्रसाद चौलागाईंको तीन तलाको घरमा आ’गला’गी भएको हो ।

बिहीबार बिहान घरमा पूजाआजा गर्ने क्रममा बा’लेको दि’योबाट आ’गला’गी भएको हुनसक्ने जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम चौलागाईंले बताए । आ’गला’गीबाट लत्ताकपडा अन्नपात सबै न’ष्ट भएको छ ।

कांग्रेसले कोजाग्रत पूर्णिमामा चियापान नगर्ने

काठमाडौं, २१ असोज/नेपाली कांग्रेसले हरेक वर्ष कोजाग्रत पूर्णिमाका दिन आयोजना गर्दै आएको चियापान यसपटक नगर्ने भएको छ । कोभिड महामारीको त्रास अझै कायम रहेको भन्दै कांग्रेसले यसपटक चियापान समारोह स्थगित गरेको हो । अघिल्लो वर्ष पनि कोभिडकै कारण चियापान भएको थिएन ।

कांग्रेसले पर्व मनाइरहँदा कोरोनाको महामारीबाट आफू र आफ्नो परिवारलाई जोगाउन उच्च सतर्कताका लागि सबैलाई अपील गरेको छ ।

‘नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा रहेको सरकारले खोपको व्यापक प्रबन्ध गरेपश्चात महामारीको त्रास र आकार घट्दै गए पनि जोखिमलाई नजरअन्दाज गर्न मिल्दैन । खोप अभियान सफल बनाउन जुट्नु र जनताको जीवन रक्षामा समर्पित रहनु हामी सबैको कर्तव्य हो,’ कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले बिहीबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

कांग्रेसले कोभिड महामारीमाथि विजय हासिल गर्न चाँडै नै सफल हुने विश्वास राखेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।