राई मुलघरको नेतृत्वमा ३ आश्रममा राहत बितरण

काठमाडौं । विगत लामो समय देखि सामाजिक कार्यमा क्रियाशिल संस्था राई मुलघर सेवा समाजले संयुक्त अपाङ्ग एकता आवाज केन्द्र र नयाँ जीवन नेपाल यी दुई बाल आश्रम साथै निसहाय सेवा सदन जेष्ठ नागरिक आवाश गृह एक वृद्धआश्रम गरि जम्मा ३ आश्रममा लगभग २५० जनालाई लत्ताकपडा, खाद्यान्न, कापीकलम र कासको थाल लगायत राहत बितरण गरेको छ ।

मुख्य आयोजक राई मुलघर सेवा समाज रहेको राहत बितरण कार्यक्रममा अरु थप ४ वटा संस्था शेर्पा सेवा समाज, हेल्पिङ हेन्ड्स, पोख्रेली ग्रुप साथै युनिटी अफ फ्यामिली ग्रुपको समेत सहयोगी भुमिका रहेको थियो ।

यी ४ संस्थासंग विगत लामो समय देखि सहकार्य गरेर थुप्रै यस्तै सामाजिक कार्य गर्दै आएको राई मुलघर सेवा समाजकी अध्यक्ष मेनुका राईले बताएका छन। जहाँ-जहाँ भोका नाङ्गा, असहाय र दुखी पीडित छन् त्यहाँ हामी पुग्ने कोशिस गर्छौं भन्दै अध्यक्ष राईले थपिन् तपाईंहरु साथ दिनुहोस् अब हामी छिट्टै चेपाङ बस्ती पुगेर राहत बितरण गर्नेर्छौं ।

अर्की सहकर्मी कान्छी भन्छन् सुरिलो आवाजकि धनी गायिका समेत रहेकी मेनुका राई नेपालबाट मुख्य भुमिकामा रहनु भएकी कारणले सामाजिक सेवा गर्न हामीलाई सहज भएको छ, त्यसैले हाम्रो सहकार्यमा अब थुप्रै सामाजिक कार्य गर्नेछौं ।

यी पाँचै वटा संस्थामा आवद्ध सल्लाहकार, पदाधिकारी एवम् सदस्य नेपाली दाजुभाइ दिदीबहिनीहरु थुप्रै विभिन्न देशहरूबाट जोडिनु भएको छ । ती सबै ब्यक्तिहरुले बिदेशी भुमिमा बगाएको पसिनाबाट थोपा थोपा जम्मा गरेर संकलन गरेको रकमबाट यसरी समाज सेवामा खर्च गरेको समेत अध्यक्ष मेनुका राईले बताए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।