दशैँ सस्ता बजारमा किनमेल गर्नेको संख्यामा कमी

जनकपुरधाम, २३ असोज । दशैँको अवसरमा जनकपुरमा लाग्ने सस्तो बजारमा यस वर्ष सामान किनमेल गर्नेको संख्यामा गिरावट आएको छ । २१ असोजदेखि नै स्थानीय गोपालधर्मशालामा सुरु भएको दशैँ सस्ता बजारमा विगतका वर्षहरुभन्दा किनमेल गर्ने उपभोक्ताहरुको संख्यामा कमी देखिएको हो ।

दशैँ तथा चाडपर्वलाई लक्षित गरि जनकपुर उद्योग वाणिज्य संघले आयोजना सो बजारमा दैनिक उपभोग्य सामग्रीदेखि जुताचप्पल, इलोक्ट्रोनिक्स समानहरु उपलब्ध रहेको जनकपुर उद्योग महासंघका अध्यक्ष जितेन्द्र महासेठले जानकारी दिए । जनकपुरसहित धनुषा, महोत्तरी, सिरहा तथा सर्लाहीसम्मका उपभोक्ता समान खरीद गर्न सास्ता बजार आउने गरेको उनले बताए ।

झण्डै एक सप्ताहसम्म लाग्ने दशैँ सस्ता बजारमा साबुन, कपडा धुने सर्फ, अगरबत्ती, प्लास्टिकका भडावर्तनहरु बढी बिक्री हुने गरेको छ । तर यस वर्ष कोरोना महामारीको कारण लामो समयसम्म गरिएका लकडाउनले सर्वसाधारण आर्थिक कठिनाईका कारण सामान खरीदमा कम आउने गरेको बताइएको छ । दुई दिनपछि सास्ता बजारमा भिडभाड बढ्ने सक्ने अध्यक्ष महासेठले बताए ।

सस्ता बजारमा पाइने सामानहरु अन्य बजारमा पाइने सामानजस्तै गुणस्तर रहेको उल्लेख गर्दै उनले भने, ‘समान सस्तोमा पाइन्छ भन्दैमा समान गुणस्तरहीन वा खराब भने होइन, कम्पनीहरुले चाडपर्वमा आफ्ना समान बढी बिक्री होस् भन्ने उद्देश्यले सस्तोमा समान नै उपल्ब्ध गराउँछौं ।’ बजार लाग्नुभन्दा अघि नै वाणिज्य संघले सामानहरुको गुणस्तर र कम्पनीले उपभोक्तालाई दिने सहुलियतको विषयमा छलफल गरेर नै आफूहरुले व्यापारीलाई स्टोल दिएको उनले बताए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।