ट्याक्टर दु’र्घटनामा एमाले जिल्ला अध्यक्ष पालका छोराको निधन
बैतडी, २७ असोज/बैतडीमा गएराति ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृ’त्यु भएको छ भने, एकजना घाइते भएका छन् । मृत्यु’ हुनेमा जिल्लाको डिलाशैनी गाउँपालिका ३ पंसेरा निवासी २३ वर्षीय योगेश पाल रहेका छन् ।
मृ’तक पाल नेकपा एमाले बैतडीका अध्यक्ष सुरेन्द्र पालका छोरा हुन् । आफैंले चलाएको ट्याक्टर अनियन्त्रित भई दु’र्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
गोकुलेश्वरबाट सतबाझ आउँदै गरेको ट्याक्टर गएराति साढे १२ बजे दोगडाकेदार गाउँपालिका-३ तारलमा दु’र्घटना भएको हो । दु’र्घटनामा पंसेरा निवासी रुपेश कोली घा’इते भएका छन् ।
मृ’तक पाल दु’र्घटनामा ग’म्भीर घा’इते भएपछि उपचारका लागि जिल्ला अस्पताल बैतडी पुर्याइएको थियो । अस्पताल पुग्ने बितिक्कै डाक्टरले मृ’त्यु भएको घोषित गरेका हुन् । दु’र्घटनामा घा’इते भएका कोलीको अवस्था सामान्य रहेको डाक्टर बसन्तराज जोशीले बताए ।
ट्याक्टर सडकभन्दा सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले बताए । घटनाका बिषयमा थप अनुसन्धान भैरहेको छ ।


