पहिरोले सात घर जोखिममा

बैतडी, २ कात्तिक/बैतडीको पाटन नगरपालिका–८ खोड्पेमा गएको पहिरोले सात घर उच्च जोखिममा परेका छन् । मंगलबार बिहान ५ बजेतिर गएको पहिरोले चन्द्र सिंह महरा, लक्ष्मीदत्त पन्त, कृष्णसिंह भाट, कृष्ण बिष्ट, सामना अवस्थी र गोपाल भाटको जोखिममा परेका हुन् ।

खोड्पे बजार क्षेत्रको पश्चिमपट्टी गएको पहिरोले घरहरू जोखिममा परेको प्रहरी चौकी खोड्पेले जनाएको छ । बजार क्षेत्र नै पहिरोको जोखिममा परे पनि सम्बन्धित निकायले चासो नदिएको स्थानीय गोपाल भाटले बताए । आइतबार रातीदेखिको अविरल वर्षाले जनजीवन प्रभावित बनेको छ ।

सडकको सरसफाइ

भक्तपुर, २ कात्तिक (रासस) ः कोजाग्रत पूर्णिमाको दिनमा भक्तपुरस्थित नवदर्गा मन्दिरमा राष्ट्रपति विद्यादेवी भण्डारी आउने भएपछि आज सडक सरसफाइ गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय भक्तपुरको निर्देशनमा आज अरनिको राजमार्ग सडकखण्डअन्तर्गत तीनकुने सल्लाघारीदेखि सूर्यविनायक हुदैँ जगातीसम्मको सडक सरसफाइ गरिएको हो ।

नेपाली सेना, नेपाल प्रहरी, ट्राफिक प्रहरी, नेपाल रेडक्रस सोसाइटी, भक्तपुर नगरपालिका र नेप्से म्याकको सहभागितामा सडक सरसफाइ गरिएको बताइएको छ । सरसफाइमा सङ्कलन गरिएका फोहर भक्तपुर नगरपालिका र नेप्से म्याकको गाडीमा राखेर लगिएको थियो । सफाइ गर्ने क्रममा सल्लाघारीको सूर्य कोल्ड स्टोरले पसल अगाडि सडकमा फालेको फोहर नेपाल रेडक्रस सोसाइटी भक्तपुरको टोलीले उठायो । रेडक्रस सोसाइटी भक्तपुरका संयोजक कृष्णगोपाल लागेजूले फोहर उठाउँदै सडकमा फोहर नफाल्न आग्रह गर्नुभयो ।

रेडक्रस जिल्ला सदस्य रामेश्वर थापाले व्यवसाय गर्ने, अनि फोहर सडकमा फाल्ने र सफाइ गर्न आउने अभियन्तालाई सहयोग नगरी उल्टै टुलुटुलु हेर्ने प्रवृत्ति नै खराब रहेको बताउनुभयो । विभिन्न व्यवसाय गर्ने व्यसवायीले नै सडकमा अधिकांश फोहर फाल्ने गरेको स्थानीयवासी बताउँछन् । सडकमा फोहर फाल्नु हुन्न भन्ने जानकारी हुँदाहुँदै पनि फाल्नेलाई कारबाही गर्ने नीति स्थानीय प्रशासन र सरकारले लिनुपर्ने सफाइ अभियन्ता बताउँछन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।