तिहारमा पोखराले तीन करोडको फूल किन्ने

पोखरा, १८ कात्तिक/कास्कीमा यो वर्ष बाहिरी मुलुकबाट फूल ल्याउनुपर्ने बाध्यता करिब हटेको छ । स्थानीय उत्पादनले नै माग धान्ने भएपछि आयातित फूललाई निरूत्साहित गरिएको हो । कास्की फूल खेतीमा करिब आत्मनिर्भर भइसकेको छ । अघिल्ला वर्षहरूमा करिब सबैजसो तिहारको माला भारत र अन्य जिल्लाबाट आउने गरेकोमा यो वर्ष १० प्रतिशत मात्र आयात हुने व्यवसायीहरूले बताएका छन् ।

अहिले कास्कीसहित स्याङजा, बागलुङ, धादिङ, गोरखालगायत आसपासका जिल्लाबाट आएको फूलले माग धान्ने फ्लोरिकल्चर एसाेसियसन कास्कीका अध्यक्ष डिलबहादुर गुरुङले जानकारी दिए । ‘५० प्रतिशतभन्दा बढी माग पोखराकै उत्पादनले चल्छ । अरु फूल पनि नजिकका जिल्लाबाट आउँछन्,’ उनले भने, ‘बाहिर देशबाट फूल ल्याउनुपर्ने बाध्यता छैन । हामी नै पुर्‍याउछौं ।’

कास्कीमा मात्र ४० हाराहारीमा व्यवसायिक किसान छन् । सबैले कम्तीमा एक रोपनी जग्गामा सयपत्री फूल लगाएका छन् । तिहारमा अरु किसानले पनि खेती गर्छन् । घर, झ्याल, ढोकामा पनि राख्न अझै हाम्रो उत्पादनले धान्दैन । ति फूल बाहिरैबाट ल्याउनुपर्छ,’ उनले अघि थपे, ‘गलामा लगाउने फूल भने पुग्छ ।’ केही वर्ष कोरोना र लकडाउनका कारण उत्पादिन फूलसमेत बिक्री भएन । अहिले तिहारको सुरुदेखि नै उत्साहजनक रुपमा विक्रि भइरहेको व्यवसायीले बताए ।

यसवर्ष कास्कीमा प्रतिथुँगा पाँच रुपैयाँ र माला १३० देखि १५० सम्म बिक्री मूल्य तोकिएको छ । नेपालमा बिउ नपाइने भएकोले खेती गर्न समस्या परेको किसानहरूको भनाइ छ । बिउहरू थाइल्यान्ड, होल्यान्ड, अमेरिकालगायत देशहरूबाट ल्याएका छन् । यो वर्षको तिहारमा मात्र तीन करोडभन्दा बढीको माला बिक्री हुने अनुमान छ । ‘साढे २ देखि ३ करोडको फूल तिहारमा मात्रै विक्रि हुन्छ । तिहार पोखरामा मनाउने संस्कार बढेको छ,’ गुरुङले अघि थपे, ‘त्यसैले छिमेकी जिल्लाले पनि यहाँ फूल ल्याउँछन् । मुल्य पनि राम्रो छ, पोखरामा ।’

पोखरामा तिहारबाहेकका समयमा पनि फूलको माग अत्यधिक बढेको छ । एउटै नर्सरीले दैनिक ५० देखि एक लाखसम्म फूल विक्री गर्ने गरेको तथ्यांक छ । फूल विक्री राम्रो भएपछि किसानहरु यसतर्फ झनै आकर्षित छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।