सोरठी र देउसीभैलोको संरक्षणमा जुटे स्थानीयवासी

गलेश्वर, २० कात्तिक (रासस) :उमेरले ६० वर्ष पार गरिसकेका म्याग्दीका चिमखोला, बेगखोला, पाखापानी, ठाडाखानी र बगरफाँटका ज्येष्ठ नागरिक सोरठी गीत र परम्परागत देउसीभैलोको संरक्षणमा जुटेका छन् । पौराणिक तथा ऐतिहासिक कथा समेटेर विविध लय र तालमा मारुनी नाचसहित सोरठी गाउने चलनलाई निरन्तरता दिन चार गाउँका पुरानो पुस्ता सक्रिय भएका हुन् । त्यसैगरी बेनी नगरपालिका–२ बगरफाँटका पुरानो पुस्ताका अग्रजहरु मौलिक देउसीभैलोको महत्व र भाव नयाँ पुस्तालाई बुझाउन देउसी भैलो कार्यक्रम आयोजना गरेर संरक्षणमा जुटेका हुन् ।

मौलिक थाली नाचको उद्गमस्थल चिमखोला, मगर संस्कृतिको आँखीझ्याल मानिने बेगखोला, शेरपुजा र पाइजाको पुख्र्यौली गाउँ पाखापानी र छन्त्याल समुदायको खुला सङ्ग्रहालय मानिने ठाडाखानीका पाका पुस्ताले लोप हुँदै गएको सोरठी संस्कृतिलाई बचाउन नयाँ पुस्ताका बालबालिका र युवायुवतीलाई प्रशिक्षणसमेत दिन सुरु गरेका स्थानीयवासी टेकबहादुर छन्त्यालले बताउनुभयो । छयात्तर वर्षीय छन्त्याले भन्नुभयो, “अघिल्लो पुस्तासँगै मौलिक कला, संस्कृति हराउने डरले संरक्षणको पहलमा जुटेका हौँ ।”

सोरठी गीतको समूहमा वृद्ध कलाकारदेखि युवासम्म सम्लग्न छन् । छन्त्यालका अनुसार यो गीत प्रदर्शनकै लागि विभिन्न ठाउँबाट माग आउने गरेको छ । गाउँमा भुमे सोरठी संरक्षण समिति नामको संस्था नै गठन गरेर सोरठी संरक्षणमा जुटेको बेगखोलाका दलबहादुर पुनले बताउनुभयो । समितिले प्रस्तुतिलाई व्यवस्थित र आकर्षक बनाउन एकै खाले पोशाकको समेत व्यवस्था गरेको छ ।

कलाकारमा गाउने समूह, मादले, मारुनी, पुर्सुङ्गेको आवश्यकता पर्छ । पुरुष कलाकार पनि महिलाकै भेषमा मारुनी बनेर नाच्ने परम्परा छ । मादलकै तालबाट गुरु ‘बा’को निर्देशनानुसार अन्य कलाकारले गायनमा सघाउँछन् । मगर समुदायमा विवाह, व्रतबन्धदेखि सार्वजनिक समारोह, मेलापर्व र उत्सवमा समेत सोरठी प्रस्तुत गरिन्छ ।

सोरठी गीत विशेषगरी तिहारका बेला रामलीला, कृष्ण चरित्रजस्ता ईश्वरीय भक्तिगानका रूपमा गाउने प्रचलन छ । तर पछिल्लो समय यसको उचित प्रवद्र्धन हुन नसकेको संस्कृतिकर्मीहरू बताउँछन् । यता क्षेत्री र ब्राह्मण समुदायको बाहुल्य रहेको बगरफाँटमा पनि स्थानीय दुर्गाबहादुर थापा, पार्वती शर्मालगायत ज्येष्ठ नागरिकको पहलमा मौलिक देउसीभैलोको संरक्षण अभियान थालिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖