चोरीपैठारी गरी ल्याएको दुई लाख बराबरको सामान नियन्त्रण
नेपालगञ्ज, २२ कात्तिक/बाँके प्रहरीले भन्सार छलेर नेपाल भित्र्याउँदै गरेको अवस्थामा करिब दुई लाख बराबरको लत्ता कपडा, सु र्ती, सुपारीलगायत सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारीअनुसार नेपालगञ्ज–१० बाट भारतबाट भन्सार छली चो रीपैठारी गरी ल्याएको लत्ताकपडा, सुर्ती, सुपारीलगायत सामान बरामद गरी आवश्यक कारवाहीको लागि नेपालगञ्ज भन्सार कार्यालयमा बुझाएको हाे ।
प्रहरीको टोलीले ला गुऔ षध मुद्दामा फरार रहेका बाँके खजुरा–३ का २३ वर्षीय शिशिर श्रेष्ठलाई नियन्त्रणमा लिएर जिल्ला अदालत बाँकेमा पठाएको छ । श्रेष्ठमाथि ला गु औ षध मुद्दामा बाँके जिल्ला अदालतले २३ मंसिर २०७५ को फैसलाले चार वर्ष १० महिना १४ दिन कैद र पाँच हजार जरिवाना तोकिएको थियो ।
अदालतको फैसला आएलगत्तै फरार रहेका श्रेष्ठलाई इलाका प्रहरी कार्यालय धनौली बाँकेबाट खटिएको प्रहरी टोलीले आइतबार नियन्त्रणमा लिएर जिल्ला अदालतमा बुझाएको प्रहरीले जनाएको छ।


