अ’पांगता भएकी अम्मराको पी’डा : उपचार गरेपछि झनै समस्या भयो

सीपी लोहिया/बैतडी, २४ कात्तिक ।पुर्चौडी नगरपालिका–६ स्वाडीकी अम्मरा साउद २३ बर्षकी भइन् । उनी जन्मजात अ’पांगता भएकी व्यक्ति हुन् । उनको बाँया खुट्टा र बाँया आँखाले काम गर्दैनन् । बाँया आँखाले पटक्कै नदेख्ने र बाँया खुट्टा पनि पटक्कै नचल्ने उनी बताउँछिन् । उनको पारिवारिक आर्थिक अवस्था अत्यन्तै कमजोर छ । त्यसमाथि १९ बर्षअघि नै घरको मूली बाबुको मृत्यु भएपछि उनी बेसहार झंै बनेकी छिन् । उनका दाजुले ज्याला मजदुरी गरेर कमाएको पैसाले बिहान बेलुका हातमुख जोड्नसम्म मुस्किलेले पुगेको छ । घरमा दाजु, भाउजु र वृद्धा आमा उनै एक जनाको कामाइको भरमा छन् ।

पटक पटक उपचारका लागि पुर्चौडी नगरपालिकासँग अनुरोध गरेकी अम्मराले गत आर्थिक बर्षमा उपचार खर्च बापत ५० हजार प्राप्त गरेकी थिइन् । उक्त रकम साथ लिएर उनी उपचारका लागि गत माघमा काभ्रेको बनेपास्थित अपांग बाल अस्पताल पुगेकी थिइन् । त्यहाँ एक महिनासम्म अस्पतालमा भर्ना भइन् । एक लाखभन्दा बढी खर्च गरेर अम्मराको खुट्टाको अप्रेसन भयो । अप्रेसनपछि उनलाई ११ चैतमा पुनः अस्पताल आउन भनिएको थियो । तर, गाडीभाडा समेत जुटाउन नसक्दा बनेपा अस्पताल जान पाइनन् ।

बनेपा अस्पताल हिँडेकी अम्मरा धनगढीसम्म मात्रै पुग्न सकिन् । उनले कैलालीमा रहेको पद्मा अस्पतालमा १० हजार खर्च गरी खुट्टाको प्लास्टर निकालिन् । त्यसपछि घर फर्केकी उनलाई अहिले विगतकोभन्दा बढी समस्या भएको छ ।

पीडित साउदले भनिन्, ‘म उपचार गर्नुअघिसम्म बैशाखी टेकेर १–२ घण्टा हिड्न सक्थेँ । अप्रेसन गरेपछि झनै समस्या भएको छ । अहिले घरबाहिर आउन समेत समस्या हुन्छ । मेरो खुट्टामा हालेका रड र किलाहरू बिझाउँछन् । दोश्रो पटक अस्पताल आउनु भनेकोमा पैसाको अभावका कारण अस्पताल जान सकेकी छैन् । घरमा कसैको कमाई छैन् । मेरो पीडा बुझेर कसैले धेरथोर रकम आर्थिक सहयोग गरिदिए आभारी हुने थिए ।’ नगरपालिकाले पनि पटक पटक सहयोग गर्न सकिँदैन भनेको उनले बताइन ।

अहिले बैशाखी टेक्न समेत समस्या भइरहेको साउदले सुनाइन् । अहिलेसम्म उपचारका लागि बझाङ अस्पताल, जोगबुडा अस्पताल र काभ्रेको बनेपा अस्पताल पुगे पनि उपचार सम्भव नभएको उनले बताइन् । अम्मराका दाई गोरे साउद दैनिक भारी बोक्ने काम गर्छन् । भारी बोकेको ज्यालाले दैनिक छाक टार्ने गरेका छन् । बर्षाका बेला चुहिने घरमा बस्ने अम्मराको परिवारको आर्थिक अवस्था नाजुक रहेकाले उपचार गर्न सक्ने अवस्था छैन् ।

अपांगता भएकी अम्मरा साउदलाई आर्थिक सहयोग गर्न चाहेमा मोबाइल नम्बर ९८४२१९०३४२ मा सम्पर्क गर्न सक्नेछन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।