स्थानीय तह रैथाने बालीको संरक्षणमा

कल्पना बाहेरा/अछाम, ३ मंसिर ।अछामका स्थानीय तहले रैथाने बालीको संरक्षणका लागि बनाएको कार्यक्रम प्रभावकारी बनेका छन् । कोदो, भटमासलगायतका रैथाने बाली संरक्षण गर्दै उत्पादन बढाइ कृषिमा आत्मनिर्भर बनाउने उद्देश्यले स्थानीय तहले यस्तो कार्यक्रम ल्याएका हुन् । अछामका सबै स्थानमा सिँचाइ सुविधा छैन ।

सिँचाइको सुविधा नभएको स्थानमा कोदो बाली लगाउने गरिएको छ । बीचमा कोदोको खेती गर्ने क्रम घटेको थियो । तर, स्थानीय सरकारले रैथाने बाली संरक्षणको अभियान चलाएपछि यसको खेती गर्ने क्रम फेरि बढेको छ ।

चौरपाटी, रामारोशन, मेल्लेख, मंगलसैन लगायतको क्षेत्रमा बढी मात्रमा कोदो खेती हुने गरेको छ । किसानहरू अहिले कोदो काट्न र सङ्कलन गर्न व्यस्त भएको मंगलसैनका धनसरा ढुङ्गानाको भनाइ छ । अछामको चौरपाटी गाउँपालिकामा सबै भन्दा बढी उत्पादन हुने अन्नबालीमा कोदो पर्दछ ।

पौष्टिक तत्व धेरै मात्रामा पाइने कोदो स्वास्थ्यका लागि महत्त्वपूर्ण छ । रैथाने बालीका रूपमा रहेको कोदोको परिकारप्रति स्थानीयवासीको मात्र हैन, बजारवासी र पर्यटकको समेत आकर्षण बढेको चौरपाटी अछामका भक्त कामीको भनाइ छ ।

अछाममा तीन हजार ४०४ हेक्टर क्षेत्रमा कोदो खेती गरिँदै आएको कृषि ज्ञान केन्द्र अछामले जनाएको छ । चौरपाटी गाउँपालिकाले रैथाने बालीको संरक्षणको लागि फलेको कोदो, कुटेको धान कार्यक्रम सञ्चालन गरेको छ । यसबाट रैथाले बाली संरक्षण पनि हुने र जमिन पनि बाँझो नरहने गाउँपालिका अध्यक्ष हर्कबहादुर साउँद बताए ।

अछाममा वर्सेनि लगभग ३२ सय ३१ दशमलव नाै मेट्रिक टन कोदो तथा ४३२ मेट्रिक टन भटमास उत्पादन हुने गरेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।