एउटै गाउँमा फल्यो सात करोड बढीको सुन्तला

हरिप्रसाद भुसाल/अर्घाखाँची, २० पुस ।अर्घाखाँचीको पाणिनी गाउँपालिकामा यो वर्ष सात करोडभन्दा बढीको सुन्तला उत्पादन भएको छ । पाणिनी गाउँपालिकाको पणेना, खिदिम, पोखराथोक र पटौटीमा गरी यो वर्ष सात करोडभन्दा बढीको सुन्तला उत्पादन भएको हो ।पाणिनी गाउँपालिका-१ सिम्लेमा करिब ७० घरले व्यावसायिक सुन्तला खेती गरेका छन् । जसमध्ये हरेक घरले यो वर्ष सुन्तला बेचेरै कम्तीमा १० लाखका दरले आम्दानी गर्ने अगुवा कृषक रेवतीप्रसाद पौडेलले बताए ।

गत वर्ष प्रतिकेजी ६० रुपैयाँ हाराहारीमा सुन्तला बेचेका किसानले यो वर्ष भने सुन्तला सिधै बजारमा पठाएका छैनन् । प्रदेश सरकारको सहयोगमा गत वर्ष पोखराथोकमा निर्माण गरिएको शीतभण्डारमा सुन्तला भण्डारण गरिएको छ ।“करिब एक सय ५० मेट्रिक टन सुन्तला शीतभण्डारमा भण्डारण गरिएको छ । अझै करिब एक सय मेट्रक टन जति टिप्न बाँकी होला,” सिम्लेका अगुवा कृषक पौडेलले भने, “बजारभाउ राम्रो भएपछि बजारमा पठाउने सोच बनाएका छौं ।”

सिम्लेमा सुन्तला उत्पादन गरिरहेका किसानहरूको प्रोत्साहनका लागि लायन्स क्लब इन्टरनेसनल ३२५ बी १ नेपालले लायन्स नमुना उद्यमी गाउँको रूपमा यो वर्षदेखि सहयोग गरेको छ । सिम्लेका जनताको जीवनस्तर माथि उठाउन र गाउँलाई थप आत्मनिर्भर बनाउन यो अभियानले महत्वपूर्ण भूमिका खेल्ने लायन्स क्लव इन्टरनेसनल ३२५ बी १ नेपालका डिष्ट्रिक गभर्नर विशेश्वर आचार्यले बताए ।

सुन्तला खेती गरिरहेका किसानहरूको प्रोत्साहनका लागि उत्पादनमा आधारित अनुदान दिइएको कृषि ज्ञान केन्द्र अर्घाखाँचीका अधिकृत नारायण भुसालले बताए । “हामीले सुन्तला उत्पादन गर्ने किसानलाई प्रतिकेजी दुई रुपैयाँ अनुदान दिन्छौं,” भुसालले भने, “तर किसानले सुन्तला बिक्रीबापतको भुक्तानी बैंकमार्फत लिएको हुनुपर्छ ।”

सिजनमा मूल्य कम आउने भएकाले बेमौसममा बिक्री गर्न सकियोस् भनेर प्रदेश सरकारको सहयोगमा २० हजार मेट्रिक टन क्षमताको शीतभण्डार निर्माण गरिएकाे भुसालले बताए ।पाणिनीको अलावा मालारानी गाउँपालिका-८ हंशपुरको साकिन्धारामा पनि व्यावसायिक सुन्तला खेती हुने गरेको छ । तर अहिले सुन्तला टिप्ने क्रम चलिरहेका कारण कति उत्पादन भयो ठ्याक्कै भन्न सकिने अवस्था छैन । स्थानीय कृषक तुल्सीविक्रम ठकुरीले भने, “तर गत वर्षभन्दा राम्रो उत्पादन हुने अनुमान गरेका छौं ।”

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।