कठ्यांग्रिएको मुसहर बस्ती राहतको पर्खाइमा

मुकेशकुमार यादव/सिरहा, ६ माघ ।चार छोरा÷छोरी र श्रीमतीसहित ६ जनाको परिवार रहेका शिवु सदाय खरले बारेको छाप्रोमा बस्छन् । मुस्किले चिसो शिरेटो छेक्ने छाप्रोभित्र उनीहरूको ओछ्यान चिसो भुइँमा पराल र ओड्ने पातला कपडाले मात्र रात बिताउनुपर्ने बाध्यता छन् । छोरा छोरी पनि चिसिएर आधी रातमै उठेपछि न्यानो बनाउने उपाय भनेकै आगो रहेको बताउँछन् ।

यो सिरहाको गोलबजार नगरपालिका–१० धोवियाधारमा बसोबास गर्दै आएका ४० घरपरिवारको मुसहरहरूको पीडा हो । पूर्व–पश्चिम राजमार्गको गोलबजारबाट करिब पाँच किलोमिटर उत्तरी चुरे क्षेत्रमा रहेको उक्त बस्तीका स्थानीयहरू जाडोले कठ्यांग्रिएका छन् ।

हुस्सु र शीतलहरले तराई मधेश नै चिसिएको बेला यहाँका विपन्न मुसहरहरूको अवस्था अझै कष्टकर भइरहेको छ ।शिवु मात्र नभई उतm बस्तीका सबैजसोको अवस्था उस्तै छ । एक छोरी र दुई छोरासहित पाँच जनाको परिवार रहेकी मङ्गली सदाय बाँसका किलाहरूमा उभ्याइएका खरले छाएको छाप्रोमा बस्छिन् ।

घरभित्र पुराना कपडा र राती ओछ्याउने पराल मात्र छ । श्रीमान दिनभरी अरुको घरमा काम गर्ने र उत्तै मादक पदार्थ सेवन गरेर बस्ने भएकाले परिवार उनको एक्लो कमाइले चलेको छ । एक्लोे कमाइले उनले न राम्रो घर बनाउन सकेकी छन् न त न्याना कपडाकै जोहो गर्न नै ।

जाडोले बस्तीका बालबालिका तथा वृद्धवृद्धा अप्ठ्यारोमा परेको भए पनि अहिलेसम्म कसैले केही सहयोग नगरेको हेमकुमार सदायले दुःखेसो पोखे ।
सिरहाको विभिन्न ४०० ससाना टोलमा गरी करिव ५० हजारको हाराहारीमा मुसहरहरूको बसोबास छ । यो समुदाय करिव ९८ प्रतिशत भूमिहीन रहेको बताइन्छ र आर्थिक अवस्था कमजोर भएकै कारण सदाय समुदाय विभिन्न खालको प्राकृतिक प्रकोपबाट पीडित हुँदै आएका छन् । हालसम्म सिरहामा शितलहरका कारण मुसहर समुदायककै एक जना र बेवारिसे एक जना गरी २ जनाको मृ त्यु भइसकेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖