हिउँले पैदलमार्ग अवरुद्ध

म्याग्दी, ६ माघ (रासस) ः भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जा जोड्ने पैदलमार्ग अवरुद्ध भएको छ । लुलाङ हुँदै गुर्जा जोड्ने एकमात्र पैदलमार्ग हिउँले पुरिएपछि २६० घरधुरीको बसोबास रहेको पूरै वडा यातायात सम्पर्कविच्छेद भएको हो । वडाध्यक्ष झकबहादुर छन्त्यालले बाक्लो हिउँ जमेर पैदलमार्ग अवरुद्ध बनेपछि मानिस, घोडाखच्चर र गाइर्बस्तुको आवतजावत बन्द भएको बताउनुभयो ।

“पुस १३ गते परेको हिउँ पग्लिन नपाउँदै पुसको अन्तिम साता र यसै हप्तादेखि निरन्तर परेको हिउँ जमेर पैदलमार्ग अवरुद्ध भएको हो,” उहाँले भन्नुभयो “खाद्यान्नलगायत दैनिक उपभोग्य बस्तु र निर्माण सामग्री ढुवानी ठप्प भएको छ ।”

गम्भीर प्रकृतिका बिरामीलाई अस्पताल पु¥याउन हेलिकप्टर चार्टर गर्नुपर्ने अवस्था छ । वडा, गाउँपालिका, प्रदेश र सङ्घीय सरकारले गुर्जामा सञ्चालन गरेका योजना कार्यान्वयन प्रभावित भएको छ । गुर्जाको जनकल्याण माविमा सरकारले कोरोना फैलिएपछि बन्द गर्ने निर्णय गर्नुअघिनै हिमपातका कारण पठनपाठन रोकिएको थियो ।
लुलाङदेखि गुर्जा पुग्न पूरै दिन जङ्गल, भीर र खोल्साको पैदलयात्रा गर्नुपर्छ । सडक नभएको गुर्जा पुग्न समुद्री सतहदेखि तीन हजार २०० मिटर उचाइको देउरालीडाँडा पार गर्नुपर्छ । देउराली आसपासका क्षेत्रमा तीन फिट भन्दा बाक्लो हिउँ जमेको छ ।

यसैबीच निरन्तरको हिमपातका कारण गुर्जाबासीको दैनिकि प्रभाबित भएको छ । घरभित्रै आयो तापेर बसेका छन् । घरबाहिरको काम गर्न सकेका छैनन् । गोठमा बाँधिएका गाइबस्तु र भेडाबाख्रालाई सुख्खा घाँस, पराल खुवाएर राखेका छन् । चरनका लागि जंगलमा लैजान सकेका छैनन् । खोला, ताल, पधेरा र धारामा पानी जमेको छ । गत पुष १३ गतेको हिउँमा पुरिएर गुर्जामा एक जनाको मृत्यु भएको थियो । हिउँले गोठ भत्किदाँ पुरिएर बेपत्ता भएका ५० बर्षीय रामबहादुर छन्त्यालको दश दिनपछि शब भेटिएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।