पश्चिमी वायुको प्रभाव बढ्ने,बुधबार रातिबाट मौसम थप प्रभावित हुने

काठमाडौँ, १८ माघ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । उक्त मौसमी प्रणालीको प्रभावले बुधबार रातिबाट मौसम थप प्रभावित हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल पहाडी भू–भागमा आंशिक बदली रही तराईका भू–भागमा हुस्सु–कुहिरो लागेको छ । पश्चिमी वायुको प्रभावले बदली हुनका साथै कतिपय स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

काठमाडौँ उपत्यकामा बिहानैदेखि पारिलो घाम लागेकाले केही न्यानो महसुस गरिएको छ । आज काठमाडौँको न्यूनतम तापक्रम चार दशमलव चार र अधिकतम १७ डिग्री सेल्सियस रहेको छ ।

महाशाखाको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो प्रदेश नं १, बागमती प्रदेश तथा गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ । प्रदेश नं १, बागमती प्रदेश तथा गण्डकी प्रदेशमा थोरै स्थानमा र मधेस प्रदेश तथा लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

रातिमा पनि प्रदेश नं १, बागमती प्रदेश तथा गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश नं १ र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ ।(रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।