कन्या क्याम्पसमा ‘बुहारी’ बढी

चितवन, २४ माघ । यहाँको मैयादेवी कन्या क्याम्पसमा अध्ययन गर्न बुहारीको आकर्षण देखिएको छ । क्याम्पसमा ७० प्रतिशतसम्म विवाहित (बुहारी) हरुले अध्ययन गर्ने गरेका छन् । विवाहपछि परिवारबाट सुरक्षित ठानिएपछि बुहारीको आकर्षण बढेको हो ।

क्याम्पसका प्रमुख डा विश्वराज सुवेदीका अनुसार स्नातकोत्तरमा ७० प्रतिशत छात्रा विवाहित छन् । स्नातकमा यो प्रतिशत ४० भन्दामाथि छ । कक्षा ११ र १२ मा पनि विवाहित छात्रा आउने गरेको सुवेदीले जानकारी दिनुभयो । क्याम्पसमा शिक्षा, मानविकी, व्यवस्थापन र नर्सिङ पढाई हुँदै आएको छ । हाल एक हजार ५०० विद्यार्थी अध्ययनरत छन् ।

‘महिला सशक्तिकरणका लागि उच्च शिक्षा’ भन्ने नाराका साथ क्याम्पस स्थापना भएको हो । समाजसेवी मैयादेवी श्रेष्ठले भरतपुर महानगरपालिका वडा नं १० मा १२ कठ्ठा जमिन खरिद गरी भौतिक निर्माण गरेर क्याम्पस सञ्चालनमा आएको हो । विसं २०५४ असोज १६ गते स्थापना भएको यस क्याम्पसमा सुरुआती चरणमा व्यवस्थापनमा १२ र शिक्षामा ३० विद्यार्थीले अध्ययन गर्दथे । यी दुई सङ्कायमा स्नातक तहको पहिलो वर्षमा ३७६ विद्यार्थी पुगेका छन् ।

प्रमुख सुवेदीले भन्नुभयो, “विवाहितलाई यो क्याम्पस सुरक्षित महसुस हुने गरेको छ, परिवारले पनि यही पढाउने चाहना गर्न थालेको पाइएको छ ।” त्यसो त तराई क्षेत्रबाट समेत विद्यार्थी आउनेक्रम बढेको सुवेदीले जानकारी दिनुभयो ।

उहाँले थप्नुभयो, “यहाँ चितवनसहित २५ जिल्लाका विद्यार्थी छन्, तराईमूलका विद्यार्थी आउनेक्रम बढेर गएको छ ।” महिलाहरुको मात्रै पढाई हुने हुँदा विवाहित र तराईका छात्राको आकर्षण बढेको हो । केही वर्षअघिसम्म विद्यार्थीको अभावमा प्राध्यापक कर्मचारीले लामो समय पारिश्रमिक नपाउने समस्या रहेको थियो ।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष टङ्कनाथ पौडेल ११ महिनासम्म तलब खुवाउन नसकेको विगत सम्झँदै भन्नुहुन्छ, “म अध्यक्ष भएपछि प्राविधिकसहितको कार्यक्रम थप गर्ने, गुणस्तरमा सुधार ल्याउने जस्ता कार्यले आकर्षण बढेको हो ।” समाजसेवी एवं राजनीतिक मैयादेवी श्रेष्ठको नामले पनि धेरैलाई आकर्षित गरेको उहाँको भनाइ छ ।

स्वच्छ वातावरणमा गुणस्तरीय शिक्षा र भेदभावरहित छात्रावृत्तिले पनि थप आकर्षण गरेको पौडेल बताउनुहुन्छ । उहाँले थप्नुभयो, “यो क्याम्पस सबै हिसाबबाट उत्कृष्ट बन्दै गएको छ, गुणस्तरीय शिक्षाले गर्दा विगतमा झै विद्यार्थी खोज्दै हिँड्नुपर्ने अवस्थामा अन्त्य भएको छ ।” अन्यत्र जस्तो विद्यार्थी राजनीतिका कार्यक्रम यस क्याम्पसमा कम हुने गर्दछन् । यसले गर्दा पठनपाठन प्रभावित नहुने र गुणस्तरीय शिक्षा दिन सकिएको पौडेलको भनाइ छ ।

क्याम्पसले रु एक करोड २५ लाखको छात्रवृत्ति अक्षयकोष स्थापना गरेको छ । आगामी वैशाखसम्ममा कोषमा रु एक करोड ४० लाख पु¥याइँदै छ । पौडेलले भन्नुभयो, “हामी छात्रालाई आवश्यकताअनुसार निष्पक्ष ढङ्गबाट छात्रावृत्ति वितरण गर्दछौँ ।” क्याम्पसका छात्रा दुई पटक देशमै उत्कृष्ट भएको र धेरै पटक जिल्ला प्रथम भएको जनाउँदै उहाँले यहाँबाट उत्कृष्ट भएका सात छात्रा यही प्राध्यापक रहेको बताउनुभयो । क्याम्पसमा प्राध्यापक कर्मचारी गरी ७५ जनाले रोजगारी पाएका छन् । क्याम्पसमा छात्रावास र यातायातको सुविधासमेत दिइएको छ ।

क्याम्पसले त्रिवि अनुदान आयोगद्वारा गुणस्तर सुनिश्चितता चक्र ९क्युएए साइकल० पूरा गरेको छ । प्रमाणपत्र पाउन बाँकी छ । जिल्लामा अन्य तीन क्याम्पसले मात्रै यो चक्र पूरा गरेका छन् । हालसम्म मैयादेवी र क्याम्पसकै आम्दानीबाट चल्दै आएको यस क्याम्पसमा यस वर्ष बागमती प्रदेश र भरतपुर महानगरपालिकाले आर्थिक सहयोग गरेका छन् । प्रशासकीय भवन, पुस्तकालय, ईलाइब्रेरी, मोज्याक टाइललगायत सहयोग प्राप्त भएको पौडेलले बताउनुभयो । क्याम्पसको संस्थापक संरक्षक सुश्री मैयादेवी श्रेष्ठ रहनुभएको छ ।(रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।