गुणस्तरीय सिमेन्ट कसरी छान्ने ?

विराटनगर । राम्रो र दह्रो घर बनाउने सबैको चाहना हुन्छ । तर घर कसरी बलियो र राम्रो बनाउन सकिन्छ भन्ने चासो र चिन्ता पनि उत्तिकै हुन्छ नेपालमा घर एवम् विभिन्न संरचना निर्माण तीव्र रूपले हुन थालेपछि निर्माण सामाग्रीको गुणस्तरीयतामा पनि प्रश्न उठ्न थालेको छ । खास गरी घर,पुल एवम् ठुला संरचना बनाउँदा प्रयोग हुने सिमेन्ट, छड, इँटा, ढुङ्गा, बालुवा गुणस्तर निकै विचार गर्नुपर्ने विज्ञको सुझाव छ । त्यसमा पनि इँटा, ढुङ्गा, बालुवा तथा रड लगायत सबै निर्माण सामाग्रीलाई जोड्ने सिमेन्ट अझ गुणस्तरीय हुनुपर्छ ।

‘घर बनाउँदा सिमेन्टको गुणस्तरमा सम्झौता गर्नु भनेको दीर्घकालीन समस्या व्यहोर्नु हो,’ बन्धन सिमेन्ट उत्पादन गरिरहेको नेपाल अल्ट्राटेक सिमेन्ट प्रालिका प्रबन्ध निर्देशक हरिवंश राठी भन्छन्, ‘सिमेन्ट छनोट गर्दा लापरबाही गर्नु हुँदैन ।’उनका अनुसार गुणस्तरीय सिमेन्ट छान्नुअघि सिमेन्ट उत्पादन गर्ने कम्पनीको स्तर र प्रविधि अनि व्यवस्थापनलाई ध्यान दिनुपर्छ ।

बन्धन सिमेन्टको उत्पादनलाई उदाहरण दिँदै उनले भने, ‘हामीले पनि अरू सिमेन्ट जस्तै सानो स्केलमा, पुरानै प्रविधि प्रयोग गरेर र स्तरीय ल्याब नराखीकनै उत्पादन गर्न सक्थ्यौँ, तर त्यसो गर्नु उपभोक्ताको लागि फाइदाजनक हुँदैन ।’

उनले लागत बढे पनि उपभोक्ताहरूलाई राम्रो सिमेन्ट उपलब्ध गराउनकै लागि आफूहरूले जर्मन प्रविधिको प्रयोग गरेको जानकारी दिए । उनले स्तरीय अत्याधुनिक ल्याबमा प्रत्येक दिन प्रत्येक घण्टा सिमेन्टको गुणस्तर परीक्षण गरे पछि मात्र उत्पादन भएको सिमेन्ट वितरण गर्ने गरेको बताउँदै भने, ‘भण्डारण देखि ढुवानीसम्मको प्रक्रियामा विशेष ध्यान दिइन्छ, त्यसैले हाम्रो सिमेन्ट गुणस्तरीय छ ।’

उपभोक्तामा गइसकेको सिमेन्टलाई हातले छामेर वा हेरेर गुणस्तर खासै छुट्टाउन सकिँदैन । त्यसको लागि प्रयोगशालामै जाँच गर्नुपर्छ । तर उपभोक्ताहरूले आफूले किन्ने सिमेन्टको प्रयोगशाला परीक्षण गर्नुभन्दा विश्वासिलो ब्रान्डको उत्पादन प्रक्रियाको आधारमा उत्पादनमा ढुक्क हुनु सजिलो हुन्छ त्यो वातावरण हाम्रो उत्पादनमा छ ।

बन्धन सिमेन्ट अर्बौको लगानीमा सञ्चालन भएको प्रदेश १ कै सबैभन्दा ठूलो सिमेन्ट उद्योग हो । बन्धन सिमेन्टको प्रयोग घर, भवनहरूमा मात्र होइन, अरुण तेस्रो लगायत देशकै ठुला परियोजनाहरूमा समेत प्रयोग हुँदै आएको छ ।

आफ्नै ल्याबमा परीक्षण गरी अत्याधुनिक जर्मन टेक्नोलोजीको प्रयोग गरेर उच्चस्तरीय ओपीसी, पीएससी र पीपीसी गरी तीन किसिमको बन्धन ब्रान्डको सिमेन्ट नेपाल अल्ट्राटेक सिमेन्ट प्रा लि.ले उत्पादन गर्दै आएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖