क्रोनिक लिभर डिजीजका बिरामी शाहीलाई आर्थिक सहयोग

दिलमाया शाही/जुम्ला, २९ माघ । कलिकोट महाबै गाउँपालिका–५ गेलागाउँका ४७ वर्षीय जनकबहादुर शाही एक सातादेखि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत छन् । उनी क्रोनिक क्रोनिक लिभर डिजीजका बिरामी हुन् ।

उनको उपचार काठमाडौंको वीर वा टिचिङ अस्पतालमा हुनुपर्ने हो । तर, उनीसँग काठमाडौं पुगेर उपचार गर्ने त परको कुरा काठमाडौं जाने भाडा समेत छैन । शाहीले भने– मसँग काठमाडौं जाने भाडा समेत छैन । उपचारको कुरा परै जाहोस् ।

शाहीले आर्थिक अभावका कारण स्वाथ्य बिमा पनि नगरेको बताए । शाहीको अवस्था देखेर कलिकोट महाबै गाउँपालिकाका उपाध्यक्ष मनराज शाहीले ३० हजार सहयोग गरेका छन् । कालिका मा.वि. राँचुली कालिकोटका प्रधानाध्यापक खगेन्द्र शाहीको पहलमा उपाध्यक्ष शाहीले कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठानमा पुगेर व्यक्तिगत रुपमा सो रकम सहयोग गरेका हुन् ।

प्रधानाध्यापक खगेन्द्र भने, ‘यस्तो समस्या भएको थाहा पाएपछि उनको उपचार गर्नका लागि केही राहत पुगोस् भन्ने हेतुले प्रयास गरिएको हो । बिरामीलाई त्रिवि शिक्षण अस्पताल काठमाडौंसम्म पुग्नको लागि उक्त रकम भाडास्वरुप काम लाग्छ ।’

उनको उपचार प्रतिष्ठानका मेडिसिन विज्ञ डा. धिरज गुरुङ र डा. राजेन्द्रमणि गिरीको प्रत्यक्ष निगरानीमा भइरहेको छ ।
उनको स्वास्थ्य बिमा भएको छ । प्रतिष्ठानले उनलाई १ फागुनमा रिफर गर्ने भएको छ । बिरामी शाहीले उपचारका लाग्ने खर्च आफूसँग नभएको र सहयोग गरिदिन अपील पनि गरेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।