बालकुमारी मन्दिरमा साइरनसहितको सुरक्षायन्त्र जडान गरिँदै

सुनाकोठी, १ फागुन/ललितपुरको सुनाकोठीस्थित बलकुमारीको मन्दिरमा साइरनसहितकाे सुरक्षायन्त्र जडान गरिने भएकाे छ । मन्दिरमा रहेकाे तीन सय वर्ष पूरानाे बालकुमारीकाे मुर्ति करिब तीन साताअघि हराएकाे थियाे । हराएकाे मुर्ति खाेज्न सरकारले विशेष अनुशन्धान टाेली परिचालन गरेकाे थियाे । उक्त टाेलीले २० दिनपछि फेला पारेकाे मुर्ति पुन: चाेरी नहाेस् भनेर साइरनसहितकाे सुरक्षायन्त्र जडान गर्न लागिएकाे हाे । चोरी भएकाे मुर्ति सातदोबाटोनजिकबाट फेला परेकाे थियाे ।

ललितपुर महानगर-२६ का वडाध्यक्ष बाबुराजा महर्जनले स्थानीय जनप्रतिनिधि गुठियार र बालकुमारी मन्दिरका भलाद्मीहरूको बैठकले मन्दिरको ढोकामा डोर सेन्सर, साइरन र जिपिएसलगायतका सुरक्षा प्रविधि अपनाउने निर्णय भएको बताए । सीसीटीभी जडान गर्ने तयारी हुँदै गर्दा मूर्ति चोरी भएको महर्जनको भनाइ छ । उनले भने, ‘हामीले मूर्ति चोरी भएपछि अन्डरलक समेत राखिसकेका छौं ।’

मूर्ति चोरी हुनुअघि मन्दिर प्रवेशद्वारमा नाै वटा ताला फोरेर मूर्ति चोरिएको मन्दिरका भलाद्मी पुनिराज महर्जनले बताए । उनका अनुसार मूर्ति चोरी भएपछि मन्दिर परिसरमा सीसीटीभी जडान भइसकेकाे छ ।

बैठकमा महानगरका वडाध्यक्षहरू सुरेश महर्जन, बाबुराजा महर्जन, प्रदेश सभासदहरू राजकाजी महर्जन, दिनेश महर्जन, भलाद्मीहरू मन्दिरका पुनिराज महर्जन, नन्नबहादुर महर्जन, जनकराज महर्जनलगायत सहभागी थिए ।

मूर्तिसँगै चाँदीको आधा किलोकाे चाँदीको जामा सुनको तिलहरीलगायतका सामान भने नभेटिएको भलादमी महर्जनले बताए । उनले भने, ‘अन्य धेरै गरगहना सेफमा राखिएको थियो । ती खजाना भने चोरी भएको छैन ।’

बालकुमारी माई मूर्ति खोजी गर्न खोजीसहित गठन गरिएको थियो । गत ९ माघ राति मन्दिरबाट मूर्ति चोरी भएको थियो भने २८ माघ बिहान सातदोवाटोनजिक मूर्ति छोडिएको अवस्थामा भेटिएको थियो । २०५३ सालसम्म मन्दिरमा ६ जनाले मूर्तिको सुरक्षा दिने गर्थे ।

बलकुमारी माई गुठीको एक सयभन्दा धेरै जग्गा छ । यही गुठीको आम्दानीबाट मन्दिरको जात्रा र भोज चलाइने गरिएको छ । हरेक वर्ष पुसमा यमोरी पुन्ही र चैत पुर्णिमामा बालकुमारीको जात्रा चल्छ ।

मन्दिरमा समुदायकै जेष्ठ नागरिकको परिवारले दैनिक पूजाआजा चलाउने गर्छन । भलाद्मी महर्जनका अनुसार पुजारीले मन्दिरको भेटी संकलन गर्ने अधिकार हुन्छ भने वर्षको डेढ मुरी धान, मकै तलब स्वरुप पाउँछ । बलकुमारी फाँट र बस्तीमा दुइ वटा मन्दिर छ । फाँटमा रहेको मन्दिर आमा र बस्तीको मन्दिरलाई छोरीको रुपमा पुज्ने गरिन्छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।