सिन्धुपाल्चोकमा आजबाट ई-पासपोर्ट वितरण

सिन्धुपाल्चोक, १ फागुन /सिन्धुपाल्चोकमा आज (आइतबार)बाट ई-पासपोर्ट अर्थात विद्युतीय राहदानी वितरण सुरु भएको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी बेधनिधि खनालले अनलाइनबाट आवेदन भरेका मध्ये सीता रघुलाई ई-पासपोर्ट वितरण गरेका हुन् ।

अनलाइन फारम भरेको बढीमा १५ दिनमा ई-पासपोर्ट आइसक्ने प्रमुख जिल्ला अधिकारी खनालले बताए । ई-पासपोर्ट बनिसकेका व्यक्तिको मोबाइलमा म्यासेज आएपछि प्रशासनमा लिन जान सक्नेछन् ।

सिन्धुपाल्चोकमा अनलाइनबाट आवेदन भरेका ३४ जनाको ई-पासपोर्ट बनिसकेको छ । गत ९ माघमा सिन्धुपाल्चोकमा पनि अनलाइनबाट ई–पासपोर्टका लागि फारम भर्न सकिने ब्यवस्था गरिएको थियो ।

अहिलेसम्म २०० जनाले अनलाइनबाट फारम भरेका जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका नायव सुब्बा हरिराम न्यौपानेले बताए । अनलाइनबाट भरिने ई-पासपोर्टको लागि मिति र समय पहिले नै बुक गर्नुपर्ने हुन्छ ।

मोबाइलबाट पनि फारम भर्न मिल्छ । सरकारले काठमाडौंस्थित राहदानी विभागबाट १ मंसिरदेखि ई–पासपोर्ट वितरण सुरु गरेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।