गाउँपालिकाको आफ्नै एम्बुलेन्स सेवा

जुम्ला, २८ फागुन । तातोपानी गाउँपालिकाले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । गाउँपालिकाको स्वास्थ्य शाखाले एक महिना अघिदेखि आफ्नै एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको हो । ग्रामीण भेगबाट बिरामीलाई स्वास्थ्य संस्था तथा सदरमुकामका अस्पतालसम्म ल्याउन सहज होस भन्ने उदेश्यले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको गाउँपालिकाले जनाएको छ ।

एम्बुलेन्स सेवा सञ्चालनको एक महिनामा २० जनाभन्दा बढीले सेवा लिएको प्रमुख प्रशासकीय अधिकृत मिलन बुड्थापाले बताए । उनले भने, ‘पालिकाको सबैभन्दा दुर्गम ७ र ८ नम्बर वडाको भेरीखेला क्षेत्र हो । एम्बुलेन्स सेवाले त्यस क्षेत्रका नागरिकलाई बढी राहत पुगेको छ । सडक पहुँच भए पनि निजी गाडीले बिरामी बोक्दा महंगो खर्च तिर्न बाध्य थिए । कति पैसानै नपाएर उपचारबाट बन्चित हुन्थे । तर, पालिकाले आफ्नै एम्बुलेन्स सेवा सुरु गरेपछि भेरीखोला क्षेत्रसँगै तातोपानीबासीलाई राहत भएको छ ।’

पालिकाका ८ वटै वडाका नागरिकलाई एम्बुलेन्स सेवा प्रयोग गरेबावत आठ सय रुपैयाँ लिने गरेको प्रमुख प्रशासकिय अधिकृत बुड्थापाले बताए । विपन्न नागरिक, गर्भवती महिला, अपांग व्यक्ति, जेष्ठ नागरिकलाई निःशुल्क एम्बुलेन्स सेवा दिने पालिकाको लक्ष्य रहेको छ । तर, कस्ता व्यक्तिलाई पूर्ण छुट दिने ?, कस्तालाई आंशिक छुट दिने भन्नेबारे कार्यविधि बन्न बाँकी छ ।

कार्यविधि बनेर पारित भएपश्चात विपन्न नागरिक, गर्भवती, अपांग व्यक्ति, जेष्ठ नागरिकलाई निःशुल्क एम्बुलेन्स सेवा पाउने पालिकाले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।