कृष्णनगर बजारको सडक दुई दशकपछि कालोपत्रे

कपिलवस्तु, ३ चैत । मर्मत सम्भार नहुँदा जीर्ण भएको कपिलवस्तुको सीमावर्ती कृष्णनगर बजारको सडक कालोपत्रे हुन सुरु भएको छ । कालोपत्रे भत्किएर जीर्ण भएको दुई दशक बढी समय बितेपछि बल्ल सडक निर्माण सुरु भएको हो ।

बजार क्षेत्रभित्र रहेको तीन मुख्य सडक लुम्बिनी प्रदेश सरकार र कृष्णनगर नगरपालिकाको लगानीले निर्माण हुन लागेको छ । वर्षौपछि राज्यले सडक निर्माणमा ध्यान दिएपछि कालोपत्रेको काम सुरु भएको कृष्णनगर नगरपालिकाका मेयर रजतप्रताप शाहले बताए ।

भारतीय रेल्वे स्टेसनबाट सबैभन्दा नजिक दूरी रहेको कृष्णनगर नाकाको सडकको अवस्था जीर्ण भएको कारणले यात्रुहरूले निकै सास्ती खेप्दै आएका थिए । वर्षायाममा सडकमै पानी भेल बग्ने समस्या रहेको थियो । हाल बजार क्षेत्र अन्तर्गत बैङ्क रोड, गल्ला मन्डी रोड, गोल घर सडक कालो पत्रे हुन लागेको छ । लुम्बिनी प्रदेश सरकारको ३ करोडको लगानीमा गोलघर सडक कालोपत्रे सुरु भएको छ ।

यसैगरी बाँकी २ खण्डमा नगरपालिकाले ८ करोड २० लाख बढी रकम खर्च गरेर कालोपत्रेको काम सुरु भएको नगरपालिकाका इन्जिनियर प्रदीप चौधरीले बताए । पालिकाको योजना अनुसार बजार क्षेत्रमा २ किलोमिटर २१७ मिटर कालोपत्रे हुनेछ ।

कृष्णनगर बजार क्षेत्र भित्रको सबै सडक जीर्ण हुँदा स्थानीय र नेपाल भारत आवत जावत गर्ने नागरिकहरूले सास्ती खेप्दै आएका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।