वडाअध्यक्षको कृषि मोह, भन्छन्- आत्मनिर्भर बन्न आफैबाट सुरू गर्नुपर्छ

जितेन्द्र थापा /दैलेख, ७ चैत । भगवतीमाई गाउँपालिका-७ का वडा अध्यक्ष रत्नबहादुर शाही दिनभर वडा कार्यालयमा भेटिए पनि बिहान साँझ बारीमै भेटिन्छन् । वडाबासीकाे सेवापछि माटाेसँग खेल्न उनलाई बानी परिसकेकाे छ । उनले घर नजिकैकाे बारीमा माैसमअनुसारकाे तरकारी खेती, फलफुल लगाएका छन् । उनी अरूलाई आत्मनिर्भर बन्न सल्लाह दिनुभन्दा आफैले काम गरेर देखाउने गरेकाे बताउँछन् ।

५८ वर्षीय शाही बारीमा पुगेपछि ३० वर्षीय जाेस आउने सुनाउँछन् । २०४९ सालबाट राजनीतिमा सक्रिय उनले त्यतिबेलै गाविस अध्यक्षको चुनाव लडेका थिए । तर, त्यसबेला असफल भए । पुन: २०६४ सालमा उपाध्यक्षमा लडे । कृषि कर्मसँगै राजनीति नछाेडेका शाहीले २०७४ सालमा राष्टिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट वडा अध्यक्ष जिते । वडा अध्यक्ष जितेर जनतामाँझ काम गर्दैगर्दा उनले धेरै कुरा सिकेकाे बताए ।

शाहीले चार रोपनी जग्गामा सुन्तला र तीन रोपनी जग्गामा डेढ सय बोट अलैँची लगाएका छन् । यसबाट उनले मनग्य आम्दानी लिइ रहेका छन् । उनकै सिकाे गर्दै अहिले गाउँमा धेरै किसानले व्यवसायिक तरकारी खेति गरेका छन् ।

भगवतीमाई गाउँपालिका-७ का वडाअध्यक्ष शाही कृषिमा मात्र नभएर विकास निर्माणमा पनि अन्य वडाको तुलनामा अब्बल देखिन्छन् । शिक्षा, स्वास्थ्य, खानेपानी, बाटोघाटोको उचित व्यवस्था गरेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।