पर्खालबाट हा’मफाल्दा आमाको मृ’त्यु, छोरा घाइते
भक्तपुर, १५ वैशाख । मोरङ सुन्दर हरैचा नगरपालिका–९ विराटचोक घर भई हाल मध्यपुरथिमि नगरपालिका–५ कमेरोटारमा डेरा गरी बस्ने आमा–छोरा एकैसाथ ५० मिटर अग्लो पर्खालबाट हा’मफाल्दा आमाको मृ’त्यु भएको छ भने छोरा ग’म्भीर घा’इते भएका छन् ।
कमेरोटारस्थित डेरा कोठा नजिकै रहेको कमेरोटारको पिपल चौतारोबाट हा’मफाल्दा ७४ वर्षीया मनमाया तिमिल्सिनाको घटनास्थलमै मृ’त्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिनुभयो ।
पर्खालबाट हामफाल्दा ग’म्भीर घा’इते भएका मृतकका कान्छो छोरा ४९ वर्षीय मातुराम तिमिल्सिनाको मध्यपुर अस्पतालमा प्राथमिक उपचारपश्चात वीर अस्पतालमा उपचार भइरहेको उहाँले जानकारी दिनुभयो । घटनाबारे प्रारम्भिक अनुसन्धान गर्दा घटनामा संलग्न दुवै जना डि’प्रेशनको बिरामी रही लामो समयदेखि औ’षधि सेवन गर्दै आइरहेको पाइएको र थप उपचार भइरहेको उहाँले जानकारी दिनुभयो ।
घटनास्थलमा सु’साइट नो’टसमेत भेटिएको छ । यसबारेमा बुझ्दा महानगरीय प्रहरी बृत्त थिमिका प्रहरी नायब उपरीक्षक हरिनन्दन चौधरीले १९ वर्षदेखि डि’प्रेसनको औष’धि सेवन गर्दा भएको शारीरिक र मानसिक पीडा सहन नसकी मृ’त्यु रोजेको विषय लेखेको जानकारी दिनुभयो । घटनाबारे थप अनुसन्धान जारी रोखको उहाँले बताउनुभयो ।
त्यस्तै आज ओखलढुङ्गा सुनकोशी गापा–९ घर भई हाल मध्यपुरथिमि नगरपालिका–३ कौशलटारमा डेरा गरी बस्ने ५० वर्षीय लालविनोद कटुवाल शौचालयमा लडेर मृ’त्यु भएको छ । शौचालयमा लडेर घाइते भएका कटुवालको भक्तपुर इन्टरनेशनल अस्पताल कौशलटारमा उपचारका क्रममा मृ’त्यु भएको उहाँले जानकारी दिनुभयो । घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

