उदयपुरमा १६ बर्षिया बालिकालाई यस्तो गरेपछि
उदयपुर, २३ वैशाख । फरक क्षमता भएकी १६ वर्षीया बालिकालाई ब’ला’त्का’र गरेको अ’भियोगमा एक युवालाई प्रहरीले पक्राउ गरेकाे छ ।
त्रियुगा नगरपालिका-३ त्रियुगा बसपार्कमा १६ वर्षीया बोल्न नसक्ने बा’लिकालाई ब’ला’त्का’र गरेकाे अभियोगमा खोटाङ घर भई त्रियुगा नगरपालिका- ३ मोतिगडा बस्दै आएका २८ वर्षीय राजन राउतलाई जिल्ला प्रहरी कार्यालय उदयपुरले नियन्त्रण लिएको हो ।
फरक क्षमता भएकी बा’लिकालाई ज’बरज’स्ती क’रणी गरेको भन्दै पी’डितका आफन्तले जिल्ला प्रहरी कार्यालय उदयपुरमा जाहेरी दिएपछि प्रहरीले राउतलाई नियन्त्रणम लिएर अनुसन्धान थालेको हो । उनलाई उदयपुर जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर प्रारम्भिक अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकृत प्रहरी नायव उपरीक्षक सन्तोष आचार्यले जानकारी दिए ।

