क्यान्जिनका मतदाताले मतदान गर्न डेढ घण्टा हिँड्नुपर्ने

रसुवा, २८ वैशाख । रसुवाको पर्यटकीय क्षेत्र लाङटाङस्थित क्यान्जिनका मतदाताले डेढ घण्टाको पैदल हिँडेर मतदान गर्ने भएका छन् । क्यान्जिनबाट लाङटाङ पुग्न दुई घण्टा लाग्छ । लाङटाङस्थित मुन्डुप सामुदायिक केन्द्रमा मतदान केन्द्र तोकिएको छ ।

क्यान्जिनमा ४५ घरधुरी रहेका छन् । त्यहाँका अधिकांशले होटल व्यवसाय गरेका छन् । क्यान्जिनमा करिब ७० जना मतदाता रहेका छन् । निर्वाचनको दिन होटल बन्द गरेर त्यस क्षेत्रका नागरिक मतदान गर्ने भएका छन् ।

क्यान्जिनका ग्याल्बो तामाङले २०४९ सालपछिका निर्वाचनमा मतदान गर्दै आएका छन् । उनले सबै निर्वाचनमा भाग लिएको बताए । शुक्रबार हुने निर्वाचनमा डेढ घण्टा हिँडेरै भए पनि मतदान गर्न आफू उत्साहित भएको उनी बताउँछन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालका अनुसार लाङटाङस्थित मतदान केन्द्रमा निर्वाचन गराउन मतदान अधिकृत गोपी विश्वकर्मा, सहायक मतदान अधिकृत प्रेम शंकर प्रसाद, सहायक कर्मचारी राजकुमार थापा पहारी र कार्यालय सहयोगीको रूपमा नन्दलाल न्यौपाने खटाइएको छ ।

निर्वाचन टोलीले बुधबार सर्वदलीय बैठक राखेर आवश्यक प्रक्रिया सुरु गरेका छन् । पाँच सयभन्दा कम मतदाता रहेका केन्द्रमा चार जना कर्मचारी खटाइने प्रावधान अनुसार कर्मचारी खटाइएको बताइएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।