अझै निर्वाचनले छोएन बिजिली महरालाई

विशाल बस्नेत/महोत्तरी, २९ वैशाख । महोत्तरीमा स्थानीय तह निर्वाचनको सरगर्मी बढेको छ । चुनावी लामो प्रचारप्रसारपछि मौन अवधि सुरु भइसकेको छ । मौन अवधि सुरु भएसँगै मतदानको तयारीदेखि विभिन्न्न कारणले जिल्ला बाहिर रहेकाहरु गाउँँ फर्किरहेका छन् । यतिखेर चुनावी माहोलले गाउँँघरमा भिडभाड बढेको छ ।

तर, दैनिक ज्यालादारी गरेर जीवन गुजारा गरिरहेकाहरुलाई भने निर्वाचन महोलले छोएको छैन । मजदुरी तथा रोजीरोटीका लागि काम गर्नेहरुलाई भने पहिलेको जस्तै कामको नै चटारो छ ।

राजनीतिक माहोलभन्दा आफ्नै समस्याले थलिएकालाई बिहान बेलुका पेट पाल्ने चिन्ता छ । चिन्तित भएका मध्येका एक हुुन्, महोत्तरी बर्दिबास–१४ का बिजिली महरा ।

पुराना, मक्किएका, च्यातिएका जुत्ता पालिस गरेर टिलिक्क टल्काउनु उनको दैनिकी पेसा हो । उनलाई चुनावी माहोलले अझै छोएको छैन ।
महरालाई अरूले फुरुंग्याएको र दया देखाएको पटक्कै मन पर्दैन । उनी भन्छन्, ‘यो समाजको विशेषता नै हो । काम गरेर खाने, पसिना बगाएर परिश्रम गर्नेहरूलाई कठै भनिन्छ । तर, उनीहरूको कठैमा दया नभएर घृणा मिसिएको हुन्छ । जुत्ता पालिस गरेको २० रुपैयाँ माग्दासमेत मोलमोलाई गर्न पनि पछि पर्दैनन् ।’

महराले परिवारको भरणपोषण र छोराछोरीको शिक्षादीक्षाका लागि जुत्ता पालिसबाटै मनग्ये आम्दानी गर्छन् । जुत्ता टल्काएर उनले मासिक २० हजार रुपैयाँभन्दा बढी कमाउँछन् । महरालाई आफ्नो काम र कमाइमा सन्तुष्टि छ् । कोही कसैले गिज्याए, होच्याए पनि आफ्नो काममा निरन्तर अगाडि बढिरहेका उनी भन्छन् ।

महरालाई नेताहरुको प्रलोभन र आश्वासनमा रत्तिभर पनि विश्वास छैन । ‘भोट त दिन्छु । तर, कसलाई दिन्छ,ु त्यहीबेला निर्णय गर्छु, चिनेजानेकोलाई दिनुपर्ला,’ उनले भने ।

नेताहरु सामाजिक परिवर्तनको नारा बोकेर निर्वाचनमा होमिएका छन् । तर, महराले देखेको समाजको चेतनास्तर जस्ताको तस्तै छ ।

महराका चार छोरा र एक छोरी छन् । कान्छो छोरा सुनिल सेठ्ठी महरा कक्षा १२ अध्ययनरत छन् । माइलो र साइँलोले बाबुको बिँडो थामेका छन् । एउटी छोरीको बिहे भइसक्यो ।

महराजस्तै अरु महराहरू पनि दिनभरि सडक कुनामा बस्छन् । कहिलेकाहीँ नगरबाट आएको नगर प्रहरीले बाटामा किन बसेको भन्दै दुःख दिने गरेको उनीहरूको सामूहिक गुनासो छ ।

फुटपाथमा व्यापार गर्नेलाई स्थानीय सरकारले भेदभाव गर्ने र सटर लिएर भाडामा बस्नेलाइ काखी च्यापेको देख्दा दुःख लाग्ने महरा सुनाउँछन् । फुटपाथबाटै रोजीरोटी चलेकाले नगरले नै व्यवस्थापन गरिदिए गरिखान सहज हुने उनको बुझाइ छ ।

‘बर्दिबासका मुख्य सडक छेउको एउटा सटर भाडामा २० हजार रुपैयाँभन्दा बढी तिर्नुपर्छ । २० हजार रुपैयाँ मासिक कमाउनेले कसरी भाडा तिर्नु ?’ महराको प्रतिप्रश्न छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।