छेउमै मोटरेबल पुल बनेपछि झोलुङ्गे पुल प्रयोगविहीन

गलकोट, २० असार (रासस) : मध्यपहाडी पुष्पलाल लोकमार्गले छिचोलेको बागलुङमा पछिल्लो पाँच वर्षयता लोकमार्गमै आधा दर्जन मोटरेबल पुल थपिए । मोटरेबल पुल थपिएपछि बाह्रैमास सवारीसाधन चल्न पाउँदा यात्रुलाई सहज भएको छ ।

गलकोट नगरपालिका–११ रिघा र बडिगाड गाउँपालिकाको सिमानामा रहेको गिरीङ्दीखोला पुल बनेपछि छेउमै रहेको झोलुङ्गे पुलबाट वारपार गर्न छोडेका छन् । काठको फलेक प्रयोग गरेर बनाइएको उक्त झोलुङ्गे पुल जीर्ण बनेको छ । मोटरेबल पुल निर्माण भएपछि पैदलयात्रुले सहजताका लागि मोटरेबल पुल प्रयोग गर्न थालेका छन् । गिरीङ्दी खोलामाथिको झोलुङ्गे पुलका काठ कुहिएर झर्न थालेका छन् ।

बडिगाड गाउँपालिकाभित्रै रहेको लब्दी खोला मोटरेबल पुल र भीमगिडेको भीमगाड खोलामा मोटरेबल पुल निर्माण भएपछि झोलुङ्गे पुल प्रयोगविहीन अवस्थामा रहेको स्थानीय कमल पौडेलले जानकारी दिनुभयो ।

“पहिला खोला तर्नका लागि झोलुङ्गे पुल निर्माण हुन्थ्यो, अहिले नागरिकको पैदलयात्रा छोट्ट्याउन लामा र अग्ला झोलुङ्गे पुल निर्माण हुन थाले, पहिला मोटरेबल पुल हुँदैनथे, अहिले मध्यपहाडी पुष्पलाल लोकमार्गका कारण बागलुङमा धेरै मोटरेबल पुल बने, हाम्रै बडिगाडमा रहेको तीन मोटरेबल पुलका कारण सँगै रहेका तीन झोलुङ्गे पुल प्रयोगविहीन अवस्थामा छन्”, उहाँले भन्नुभयो ।

कतिपय खोलामा साना छोटा झोलुङ्गे पुलमाथि लामो झोलुङ्गे पुल निर्माण गरिएका छन् । बागलुङ नगरपालिका–१ देखि बागलुङ नगरपालिका–१० भकुण्डे जोड्नेगरी काठेखोलामा बनाइएको झोलुङ्गे पुल, काठेखोलाको दोबिल्ला खोलामा रहेको झोलुङ्गे पुल, काठेखोलाकै लामाबगरमा रहेको झोलुङ्गे पुलकै ठाउँमा मोटरेबल पुल निर्माण गरिएका छन् ।

बागलुङ बजारदेखि तित्याङ जोड्ने गरी निर्माण भएको लामो झोलुङ्गे पुलका कारण काठेखोलामाथि रहेको छोटो झोलुङ्गे पुल प्रयोग गर्न छाडिएको छ । झोलुङ्गे पुल भएकै स्थानमा मोटरेवल पुल निर्माण गर्दा प्रयोगविहीन अवस्थामा छन् । बागलुङ नगरपालिका आसपास, काठेखोला गाउँपालिका, जैमिनी नगरपालिका क्षेत्रमा ग्रामीण सडकमा समेत मोटरेवल पुल निर्माण हुँदा झोलुङ्गे पुल प्रयोग गर्न छाडिएको छ । ती पुललाई आवश्यक स्थानमा प्रतिस्थापन गर्न आवश्यक छ ।

लामा र अग्ला झोलुङ्गे पुल र पक्की पुलका कारण नदी तर्नका लागि निर्माण गरिएको स–साना झोलुङ्गे पुल बागलुङमा प्रयोगमा आउन छाडेका छन् । जिल्लामा हाल चार सय ४५ भन्दा बढी झोलुङ्गे पुल रहेको तथ्याङ्क छ । करिब एक सय ५० झोलुङ्गे पुल प्रगोगविहीन अवस्थामा रहेका विवाइसीमार्फत झोलुङ्गे पुल व्यवस्थापन कार्यक्रमका संयोजक प्रेम केसी बताउनुभयो । मोटरेवल पुलसँगै सडकयात्राका कारण पदमार्ग विस्थापित हुँदा झोलुङ्गे पुल प्रयोग हुन छाडेको उहाँको भनाइ छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।