मिटरब्याजीका नेता पक्राउ

११ साउन, जनकपुरधाम । महोत्तरीमा एक जना मिटरब्याजी नेता पक्राउ परेका छन् ।
भंगहा नगरपालिका-६ हतिसर्वाका मिटरब्याजी इन्द्रजित साहलाई प्रहरीले पक्राउउ गरेको हो । उनी मिटरब्याजी रघुवीर साहका छोरा हुन् ।

जिल्ला प्रशासन कार्यालय महोत्तरीमा अनुचित लेनदेन कार्यदलले गरिरहेको छलफलमा बुधबार विवाद गर्न खोजेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।

ठूलो विवाद हुने देखिएपछि उनलाई पक्राउ गरेर हिरासतमा राखिएको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी दिलीपकुमार गिरीले जानकारी दिए ।

उनका अनुसार आज पुनः जिल्ला प्रशासनमा छलफल हुनेछ । पक्राउ परेका इन्द्रजित साहुहरुको संगठन लेनदेन संघर्ष समितिका सहसचिव हुन् ।

जिल्ला प्रशासन कार्यालयमा उनी र उनका बुबाविरुद्ध करिब २० वटा अनुचित लेनदेन उजुरी परेको छ ।

छलफलमा बसेका एक प्रत्यक्षदर्शीका अनुसार मूलधनको ६ गुणासम्मको तमसुक बनाएको र आफूले दिएकै अनुसारको तमसुक बनाएकाले त्यसरी नै हिसाब गर्नुपर्ने अडान राखेपछि विवाद भएको थियो । त्यसपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖