तस्बिरमा हेर्नुहोस् कागबेनीमा बाढीले पुु¥याएको क्षति

बाढीले पु¥याएको क्षति
सिन्धुपाल्चोक,२९ साउनः लगातारको वर्षापछि आएको बाढीले हेलम्बु गाउँपालिका चनौटेस्थित सडकमा पु¥याएको क्षति । बाढीले मेलम्चीहेलम्बु र मेलम्चीभोताङको विभिन्न स्थानका सडक अवरुद्ध भएको छ । तस्बिरःदेवराज सुवेदी÷रासस

कागबेनीमा बाढीले पुु¥याएको क्षति
मुुस्ताङ, २९ साउन ः मुस्ताङको वारागुुरुङ मुुक्तिक्षेत्र गाउँपालिका४ कागबेनीमा आइतबार राति आएको बाढीले पुु¥याएको क्षति । तस्बिर सौजन्यः जनस्वास्थ्य निरीक्षक वारागुुङ मुक्तिक्षेत्र गाउँपालिकाका खगेन्द्र बोहोरा÷रासस

कागबेनीमा बाढीले गरेको कटान
मुुस्ताङ, २९ साउन ः मुस्ताङको वारागुुरुङ मुुक्तिक्षेत्र गाउँपालिका४ कागबेनीमा आइतबार कागखोलामा आएको बाढीले गरेको कटान । बाढीले कागबेनीमा १० वटा घर भत्काएको, तीन वटा साना मान्छे तर्न बनाएको कल्भर्ट पुल बगाएको, प्रहरी चौकी, धर्मशालाको भवनमा क्षति र निर्माणाधीन मोटरेबल पुल बगाएको छ । तस्बिर सौजन्यः वारागुुरुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिनजिन गुरुङ÷रासस

बाढीले बगाएको निर्माणाधीन सडक र पुल
मुुस्ताङ, २९ साउन ः मुस्ताङको वारागुुरुङ मुुक्तिक्षेत्र गाउँपालिका४ कागबेनीमा आइतबार कागखोलामा आएको बाढीले निर्माणाधीन मोटरेबल (सडक) पुलको स्पाम बगाएपछिको अवस्था । पुल बगाएपछि उपल्लो मुस्ताङ यातायात सम्पर्क विच्छेद भएको छ । तस्बिर सौजन्यः वारागुुरुङ मुक्तिक्षेत्र गाउँपालिका अध्यक्ष रिनजिन गुरुङ÷रासस

बाढीका कारण क्षति
म्याग्दी, २९ साउन ः मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका४ कागबेनीमा हिजो साँझ आएको बाढी । बाढीले १० घर, प्रहरी चौकी र पुल बगाएको छ । तस्बिर सौजन्यः बारागुङ मुक्तिक्षेत्र गाउँपालिका÷रासस


