यस्तै हो भने कोशी प्रदेशसभा विघटन हुन सक्छ : उपनेता राना

नेकपा (एमाले)का संसदीय दलका उपनेता रामबहादुर राना मगरले कोशी प्रदेशसभा विघटन हुनसक्ने संकेत गरेका छन् ।

कोशी प्रदेशसभामा आज विशेष समय लिएर बोल्दै उनले प्रदेशसभाको आयु अब ५/७ महिनाको मात्रै भएको संकेत गरेका हुन् ।

उपनेता मगरले सबै राजनीतिक दलले सँगै बसेर छलफल गर्ने वातावरण नबनाएसम्म अहिलकै आयु अन्तिम आयु हुने खतरा रहेकोतर्फ सचेत गराए ।

सरकार ढाल्नेमात्रै खेलमा लाग्ने हो भने जनताले गाउँमै जान नदिने परिस्थिति बन्न सक्ने उनको भनाइ थियो ।
उपनेता रानाले अर्को प्रशंगमा धरानमा स्वास्थ्य आपतकाल घोषणा गर्ने अवस्थामा पुगेकोबारे सरकारले छलफल गरेको छ कि छैन भन्दै प्रश्न गरे ।

‘लम्पी स्किन रोगले हजारौँ गाईवस्तु मरे । पुरानै अवस्थामा फर्काउन प्रदेश सरकारले के गर्दैछ ? अबको योजना के छ ?’ उनको प्रश्न थियो । एपनेता रानाले मुलुक आर्थिक शून्यतातिर जाने खतरामा रहेको पनि औँल्याए ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖