आयश्रोतको माध्यम बन्दै पुष्पखेती

बेदकोट (कञ्चनपुर), ५ मङ्सिर : कञ्चनपुरमा पुष्पखेतीमा किसानको आकर्षण बढेको छ । स्वदेशमै थोरै लगानीमा गतिलो आम्दानी हुन थालेपछि पुष्पखेती गर्ने किसानको सङ्ख्या बढ्दै गएको हो ।

प्लाष्टिक मालाको प्रयोग प्रतिबन्ध गर्नुका साथै विदेशबाट फूल आयातमा रोक लगाएपछि स्थानीयस्तरमै किसान फूलखेती गर्न थालेको भीमदत्त नगरपालिका–३ का किसान जनकबहादुर सिंहले जानकारी दिनुभयो । “पुष्पखेती गर्नेको सङ्ख्या बर्सेनि बढ्दै गएको छ । यसबाट मुनाफा पनि राम्रै हुन्छ”, उहाँले भन्नुभयो, “थोरै लगानीमा स्वदेशमै राम्रो आम्दानी गर्न सकिन्छ ।”

सिंह कृषि ज्ञान केन्द्र कञ्चनपुरमा प्राविधिक सहायक पदमा कार्यरत हुनुहुन्छ । उहाँले भीमदत्त नगरपालिका–३ भाँसीस्थित जानकी कन्या माध्यमिक विद्यालयको जमिन भाडामा लिएर सात कट्ठा क्षेत्रफलमा फूलखेती गर्नुभएको छ । दुई वर्षयता व्यावसायिक पुष्पखेती गरिरहेका उहाँले यसअघि भीमदत्तकै तिलकपुरमा फूलखेती गर्नुभएको थियो । यस वर्ष दसैँतिहारमा विगतभन्दा फूल कम बिक्री भएको उहाँको भनाइ छ ।

“यस वर्ष फूल बिक्री गर्न निकै गाह्रो भयो, गत वर्ष माग पूर्ति गर्नै सकिएको थिएन”, उहाँले भन्नुभयो, “तिहारको समय ढिलो भएकाले स्थानीय फूल छ्यापछ्याप्ती भए, त्यसैले सोचेअनुसार फूल बिक्री नभएको हो ।” उहाँका अनुसार चाडबाडको समयमा यस वर्ष महेन्द्रनगर क्षेत्रमा एक क्विन्टल फूल र रु तीन सयसम्ममा उनेका फूलका माला बिक्री भएका छन् ।

फूलको मूल्य रु पाँच सय प्रतिकिलोग्राम र मालाको रु एक सय दर तोकिएको थियो । फूल बिक्री गर्न हम्मेहम्मे परेपछि किसानले यसपटक सस्तोमै बिक्री गर्नुपरेको उहाँको भनाइ छ । कञ्चनपुरको दोधारा चाँदनी, कृष्णपुर र बेलौरीमा तुलनात्मकरूपमा अन्य ठाउँभन्दा बढी क्षेत्रफलमा पुष्पखेती गरिएको छ । कृषि ज्ञान केन्द्र कञ्चनपुरका अनुसार झण्डै दुई सय जनाले चार हेक्टर क्षेत्रफलमा फूलखेती गरेका छन् ।

“एक कठ्ठादेखि सात कट्ठा क्षेत्रफलसम्म फूलखेती गरिएको छ । विदेशी फूल ल्याउन नदिने प्रावधानपछि यहाँका किसानलाई फूलखेतीको चेतना जागेको छ”, उहाँले भन्नुभयो, “यसपटक तिहारमा बाहिरबाट फूल ल्याउन परेन, स्थानीयस्तरकै फूलले माग पूर्ति भएको छ ।”

सयपत्री, मखमली र कटफलावर प्रजातिका फूलको खेती बढी हुने गरेको उहाँले बताउनुभयो । पुष्प व्यवसायमा किसानको आकर्षण बढ्दै गएपछि दसैँ तिहार, विवाह, व्रतबन्ध, सभा–समारोहमा प्रयोग हुने फूलमाला बाहिरबाट आयात गर्नुपर्ने बाध्यता हटेको छ ।
–––

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।