‘गठबन्धन धेरै टिक्दैन’:एमाले उपाध्यक्ष पौडेल

काठमाडौं, २० फागुन । नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले वर्तमान सत्ता गठबन्धन धेरै समय नटिक्ने बताएका छन् । आज (आइतबार) जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले यो गठबन्धन कुनै पनि बेला टुट्न सक्ने बताएका हुन् ।

आफैंभित्रको अन्तरविरोधका कारण गठबन्धन टुट्ने उनको दाबी छ । उपाध्यक्ष पौडेलले गठबन्धन धेरै लामो समय नटिक्ने बताइरहँदा पार्टी अध्यक्ष केपी शर्मा ओलीले भने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग वान टू वान भेटवार्ता गरेका छन् ।

स्रोतका अनुसार वर्तमान गठबन्धन तोड्ने र एमाले सरकारमा सहभागी हुनेबारेमा लामो समयदेखि छलफल भएर निश्कर्षमा पुगिसकेको छ । एमालेबाट उक्त वार्ता टोलीको नेतृत्व उपाध्यक्ष पौडेलले नै गरेका थिए भने माओवादीबाट उपमहासचिव वर्षमान पुनले नेतृत्व गरेका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।