आफ्नो मन्त्री पद जोगाउन प्रधानमन्त्रीको मन जित्नुस् :देउवा

काठमाडौँ । सत्ताको प्रमुख घटक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीबाट सरकारमा सहभागी मन्त्रीसँग छलफल गरेका छन् । आइतबार अपराह्न सभापति देउवाले आफ्नो निजी निवास बूढानिलकण्ठमा मन्त्रीहरूसँग छलफल गरेका हुन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको सरकारमा कांग्रेसबाट १० जना मन्त्री सहभागी छन् ।

पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षा, धनराज गुरुङ कानुन न्याय तथा संसदीय मामिला, प्रकाश शरण महत अर्थ, एनपी साउद परराष्ट्र, मोहनबहादुर बस्नेत स्वास्थ्य तथा जनसङ्ख्या, रमेश रिजाल उद्योग वाणिज्य तथा आपूर्ति, सीता गुरुङ सहरी विकास, डिगबहादुर लिम्बू युवा तथा खेलकुद र सुरेन्द्रराज आचार्य महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री छन् । उपप्रधानमन्त्री खड्काले सरकारको नीति तथा कार्यक्रम र महासमिति बैठकपछिको अवस्थाबारे सभापति देउवासँग छलफल भएको रातोपाटीलाई बताए ।

उनका अनुसार छलफलमा नीति र कार्यक्रम र प्रिबजेट छलफलबारे अर्थमन्त्री प्रकाशशरण महतले सबै मन्त्रीलाई सँगै राखेर सभापति देउवालाई ब्रिफिङ गरेका थिए । ‘सभापतिज्यूले सबै मन्त्रीलाई बोलाउनु भएको थियो । सबै जसो मन्त्री सहभागी थियौँ । अर्थमन्त्रीको ब्रिफिङ बाहेकका विषयमा छलफल भएन,’ उनले भने । बैठकमा सहभागी एक मन्त्रीले भने प्रधानमन्त्रीले मन्त्रिपरिषद् पुनर्गठन गर्न चाहेको भन्दै त्यसका लागि तयार रहन भनेका थिए । ‘मन्त्री फेर्न प्रचण्डजीले जोड गर्नु भयो । अब मेरो होइन प्रचण्डजीको मन जितेर देखाउनुस्। होइन भने पद जान्छ है,’ देउवाको भनाइ उधृदत गर्दै ती मन्त्री भने ।

नेकपा एमालेले गठबन्धनमा खेल्न खोजेको भन्दै आफू गठबन्धन जोगाउन लागिपरेको देउवाको भनाई थियो ।
शेरबहादुर देउवा

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖