एमाले र रास्वपासँग गठबन्धन गर्दै प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादीसहितको गठबन्धन विघटनको संघारमा पुगेको छ। नयाँ गठबन्धनका लागि माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अग्रसरता लिइसकेका छन्।

प्रचण्डले कांग्रेसलाई बिदा गरेर एमाले र रास्वपासँग गठबन्धन गर्न लागेका हुन्। हिजोमात्रै प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग एक्लै वार्ता गरेका थिए। त्यस्तै, साँझ महासचिव शंकर पोखरेलसहित ओली, प्रचण्ड र माओवादीका वर्षमान पुनलगायत नेताहरुबीच छलफल भएको थियो।

आज बिहानैदेखि दलहरु बिहानैदेखि बैठकमा जुटेका छन्। माओवादीको पदाधिकारी बैठक बिहान ७ बजेदेखि बालुवाटार जारी छ भने नेकपा एमालेको सचिवालय बैठक ओली निवास बालकोटमा बसिरहेको छ। रास्वपाले पनि सचिवालय बैठक बोलाएको छ।

परिस्थिति परिवर्तन भएपछि सत्ता गठबन्धनको बैठक स्थगित भएको छ। आज बिहान ८ बजेका लागि बोलाइएको बैठक औचित्य नभएपछि नबसेको हो। यसैगरी परराष्ट्रमन्त्री एनपी साउदको फिनल्याण्ड भ्रमण अचानक स्थगित भएको छ। उनी आज फिनल्याण्ड प्रस्थान गर्ने कार्यक्रम थियो।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖