सरकारमा सहभागी हुन माधव नेपाल सकारात्मक, बिच्किए झलनाथ

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को सचिवालय बैठकले नयाँ गठबन्धनको गुण र दोषका आधारमा सरकारलाई सहयोग गर्ने निर्णय गरेको छ ।

पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा आज केन्द्रीय सचिवालय बैठकमा सरकारको उद्देश्य, प्रक्रिया र संरचना प्रस्ट भएपछि पार्टी सरकारमा सहभागी हुने वा नहुने विषयमा छलफल भएको पार्टी कार्यालय सचिव जीवनराम श्रेष्ठले बताए ।

“नयाँ समीकरणको उद्देश्य, प्रक्रिया र संरचना अझै स्पष्ट भइसकेको छैन, प्रधानमन्त्रीले लिएको निर्णयका उद्देश्य र संरचनाका बारेमा सबै विषय अगाडि आएपछि तिनको गुण–दोषका आधारमा नेकपा (एकीकृत समाजवादी) ले आफ्ना नीतिहरु स्पष्ट पार्नेछ,” बैठकको निर्णय सुनाउँदै उनले भने ।

पछिल्लो समय विकासित राजनीतिक घटनाक्रमले मुलुकमा अर्को राजनीतिक समीकरण निर्माण भएको विश्लेषण गर्दै बैठकले गठबन्धन फेरिएपछिको अवस्थामा पार्टीको धारणा प्रस्ट गरेको हो ।

बामपन्थी धु्रवीकरणको सम्भावना, समाजवादी मोर्चालगायत विषयमा विस्तृत छलफल गरिएको बैठकमा समसामयिक राजनीतिक अवस्था, पार्टीले सरकारमा रहँदा गरेका कार्यको समीक्षा गरिएको थियो ।

कार्यालय सचिव श्रेष्ठका अनुसार सरकारको नेतृत्व गरेको माओवादी केन्द्रले एकीकृत समाजवादीलाई सरकारमा सहभागिताका लागि गरेको आग्रहलाई सकारात्मक रूपमा लिन केही नेताहरूले बैठकमा सुझाव दिएका छन् । साथै, पार्टी अध्यक्ष नेपालले पनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रस्तावलाई सकारात्मक रुपमा लिएका छन् । सरकारमा सहभागी नहुँदा सांसदहरु असन्तुष्ट हुने र पार्टी झनै संकटमा पर्ने अध्यक्ष नेपालको निश्कर्ष छ । यता, संविधानविद्हरुले राष्ट्रिय दलको मान्यता नपाएका सांसद्हरुले पार्टी छाड्दा कारबाही गर्न नमिल्ने बताउन थालेपछि अध्यक्ष नेपाल झनै झस्किएका छन् । अध्यक्ष नेपाल सरकारमा सहभागी हुन सकारात्मक छन् । अब विस्तार हुने मन्त्रिपरिषद्मा आफ्नो पार्टीबाट मन्त्री पठाउने अध्यक्ष नेपालको तयारी छ ।

यता पार्टीका सम्मानित नेता झलनाथ खनाल भने एमाले–माओवादी मिलेर बनेको सरकारमा सहभागी हुन नहुने अभिव्यक्ति दिन थालेका छन् । आफूहरु ‘वेट एण्ड सी’ मै बस्नुपर्ने नेता खनालको सुझाव छ । पार्टी अध्यक्ष र सम्मानीत नेता खनालको मत बाँझिएको छ । उनीहरुबीच पछिल्लो समय दुरी बढ्दै गएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।